- Loading...
वडाध्यक्षले कार्यपालिकाको माइन्युटनै च्याते
- पुनहिल डट कम
- ३ साल अघि
- १७४ पटक पढिएको

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महराले कार्यपालिका बैठकको निर्णय पुस्तिका (माइन्युट)च्यातिदिएका छन् ।
नगरपालिकाका नगर प्रवक्ता तथा वडा –५ का वडाध्यक्ष कमलराज गिरीले बैठक सुचारु हुनुपुर्व नै बैठकको निर्णय पुस्तिका (माइन्युट) वडाध्यक्ष महराले च्यातिदिएको बताए ।
शुक्लाफाँटा नगरपालिकाले वडाध्यक्षको उक्त शैलीलाई व्यक्तिगत दम्भ तथा अराजक शैली भनेको छ । बुधवार नगरको सभा हलमा ११४ औँ कार्यपालिका बैठक बसेको अवस्थामा ११ बजेतिर उनले उक्त निर्णय पुस्तिका (माइन्युट बुक) च्यातेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ ।
नगरपालिकामा हुने शोषण, दमन, अत्याचार, भ्रष्टाचार, अनियमितता र विभेदकारी नीतिविरुद्ध पटक पटक लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि नगर कार्यपालिका जिम्मेवार नभएपछि निर्णय पुस्तिका च्यातेको अध्यक्ष महराले बताएका छन्।
उनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आजको घटना एक ट्रेलर मात्रै भएको बताएका छन् । उनले भनेका छन् । “पटक पटक लिखित रूपमा गम्भीर ध्यानाकर्षण गराउँदा पनि नीति तथा कार्यक्रम र बजेटमा जनताका भावना र चाहना समेटिन्नन् भने । विरोधले विद्रोहको रूप लिन्छ। विद्रोह भए विनाश हुन्छ।आजको घटना ट्रेलर मात्रै हो।बाँकी शुक्लाफाँटा नगरपालिकाको बेथिति पीडित जनसमुदाय हरुले नै न्याय गर्नेछन् जय जनता।”

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
