- Loading...
आफूमाथि आक्रमण गर्ने यूवालाई छाड्न बुटवलका प्रमुख सुवेदीको आग्रह
- पुनहिल डट कम
- ३ साल अघि
- १३१ पटक पढिएको

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई छाड्नका लागि प्रहरी कार्यालयलाई आग्रह गरेका छन् ।
आफूमाथि आक्रमण भएपछि पक्राउ परेका युवा गणेश पङ्गेनीलाई तत्काल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको जानकारी गराए ।
सोमबार विहान बुटवल–३ ज्योतिनगरको पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने क्रममा पङ्गेनीले बुटवल उपमहानगरका प्रमुख सुवेदीमाथि एक्कासी आक्रमणको प्रयास गरेका थिए । सुवेदीले आफ्नो कसैप्रति आग्रह-पूर्वाग्रह नभएको जनाउँदै विपद्मा परेका जनताहरुमा आउने आक्रोसलाई स्वाभाविक मानेको बताए ।
उपमहानगरले बाढी, पहिरो तथा विपद्मा परेका नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनका लागि सक्दो पहल जारी राख्ने बताउँदै उनले सो कुरा उल्लेख गरेका छन् । प्रमुख सुवेदीले आक्रमण गर्ने युवामाथि आफूले कुनै पनि मुद्दा मामिला नलगाउने प्रष्ट पार्दै हिरासमा नराख्न आग्रह गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले भने पक्राउ गरिएका व्यक्तिको बारेमा आवश्यक अनुसन्धान अघि बढ्ने प्रतिक्रिया दिएका छन् । पक्राउ परेका पङ्गेनीलाई रिहा गर्ने बारेमा बुटवल उपमहानगरका प्रमख सुवेदीसँग कुराकानी भएको बारे आफूलाई जानकारी नभएको बताउँदै उनले सो कुरा बताएका हुन् ।
‘यस विषयमा आधिकारिक धारण लिनका लागि बुटवल इलाका प्रहरी कार्यालयमा फोन गर्नुस् ।’–ग्लोबल आवाजसँग छोटो कुराकानी गर्दै उनले भने ‘अनुसन्धानको विषयमा धेरै बोल्न मिल्दैन ।’
आफ्नै सुरक्षा घेराभित्र उपमहानगर प्रमुख कुटिएपछि तनावमा देखिएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुंवरले पनि यस विषयमा कुरा गर्न चाहेनन् । आफू मिटिङमा भएको जनाउँदै उनले बुटवल उपमहानगर प्रमुख सुवेदीले फोन गरेको बारेमा कुनै पनि कुरा खुलाएनन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
