FLASH NEWS
  • Loading...

पहिचानकाे खाेजी गर्ने प्रयास गर्दा अाक्रमणकाे धम्की अायाे-पुन समाज

  • पुनहिल डट कम
  • २ साल अघि
  • ८० पटक पढिएको
पहिचानकाे खाेजी गर्ने प्रयास गर्दा अाक्रमणकाे धम्की अायाे-पुन समाज
जनगणना मार्फत जातिय पहिचान खाेज्न खाेजिएकाेमा मगर जातिय समुदायबाट भाैतिक अाक्रमणकाे धम्की अाएकाे भन्दै पुन समाजले विराेध गरेकाे छ । 
पुन समाज केन्द्रीय समितिकाे नाममा जारी विज्ञप्तीमा भनिएकाे छ, ‘ हरेक समुदाय ,जातजातिको एतिहासिक पहिचान, परम्परागत मूल्य र मान्यताको ठुलो मह्त्व छ। र हरेक जातजाति ले अंगालिरहेका छन । पहिचान कै आधारमा जात जाति , समुदाय को वर्गीकरण गरिएको छ।
पुर्खा ले गरेका र मान्दै आएका मान्यता, संस्कार ,संस्कृतिमा रहेर जन्मदेखी मर्दा सम्म गरिने कर्मकाण्ड, पू्र्खा ले अंगलेका मूल्य र मान्यता को अनुसरण र पौरखको नाम नै पहिचान हो।
हरेक ब्यक्ति जन्मदा कुल,संस्कार ,मुल्यमान्यता,संस्कार र संस्कृति (मौलिक पहिचान ) संग जोडिएर आएको छ। जस्मा सबैले गर्व गर्दछन। हरेक जातजाति, समुदाय को जस्तै पुन समुदाय को पनि आफ्नै मौलिक संस्कार संस्कृति र पहिचान मा रमाइरहेका छन् , जसको महत्व पृथक छ। जुन अरु सग मिल्दैन। अचेल हरेक मानिस विभिन्न कारण ले आफ्नो समुदाय को परम्परागत मूल्य र मान्यता बाट अनभिज्ञ भएको पाइन्छ। यस्तो हुनु आफू र आफ्नो समुदाय र सन्तति का लागि दुर्भाग्य हो।’
विज्ञप्ती ः