- Loading...
एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म
- पुनहिल डट कम
- ३ साल अघि
- १९६ पटक पढिएको

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म संचालन हुने जनाएको छ । राखेपको कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघले जनाएको छ ।
पुरुषमा टिप टप हेल्प नेपाल, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स, मणिमुकुन्द क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँबजार सामाजिक क्लब र कर्णाली प्रदेशको सहभागिता रहेको छ ।
महिलातर्फ न्यु डाईमण्ड, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, एभरेष्ट क्लब बुटवल र ढोरपाटन स्पोर्ट्स क्लबको सहभागिता रहने छ । संघले यस प्रतियोगिता छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट रहेको जनाएको छ ।
क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशीमा वृद्धि गरिएको समेत जनाएको छ । विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।
प्रतियोगिता आयोजना गर्न करिब ४० लाख खर्च हुने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए। उनले यस प्रतियोगिताबाट राम्रो खेलाडी छनोट गर्ने समेत बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
