FLASH NEWS
  • Loading...

मास्क प्रयोगको बानी बसाउनै मुस्किल

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४१ पटक पढिएको
मास्क प्रयोगको बानी बसाउनै मुस्किल

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर ‘तपाईको मास्क खोइ ?’ अभियान सञ्चालन भइरहेको छ । नेपाल प्रहरीको नेतृत्वमा सञ्चालित उक्त अभियान मास्क नलगाई हिँड्ने नागरिकका लागि हो । उनीहरुलाई अनिवार्यरुपमा मास्क प्रयोगको बानी पार्न भने प्रहरीलाई मुस्किल भइरहेको छ ।

कोरोना रोकथामबारे जनचेतना जगाउन गत साउन २४ गतेदेखि नेपाल मास्क अभियान सुरु गरिएको हो । सो क्रममा म्याग्दीमा  तपाईँको मास्क खोई ? अभियान सञ्चालन भइरहेको छ । तर प्रहरीलाइ सडकमा मास्क प्रयोग नगरी हिँड्ने नागरिकलाई मात्र हाेइन कार्यालयमा कार्यरत सहयाेगीदेखी हाकिमसम्म, स्कुल कलेज पढ्ने, पढाउने शिक्षक हुन वा  ब्यापारी देखी समाज परिवतर्न गराउन अगाडी सरेका नेतासम्मलाइ मास्क प्रयोग गराउनै मुस्किल भइरहेको बताउँछन् ।

“नाकमुख छोपिने गरी लगाउनुपर्ने मास्क धेरैले चिउँडोमा लगाउने गर्छन्, धेरैजसोले गोजीमा राखेर हिँड्ने गरेका छन्”, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक श्याम राइले भने, “पटक पटक सम्झाइ बुझाई गर्दा पनि बहाना बनाउने गरेका पाइयो, मास्क प्रयोग गराउनै मुस्किल भइरहेको छ । सवैलाइ मास्क लगाउन सिकाउन हिड्दा उनीहरूलाइ मास्क लगाउने वानी पारिएला भन्दा अाफ्नै वानी विग्रन लाग्याे ।”  अभियान प्रभावकारी बनाउन सर्वसाधारणलाई प्रहरीले निःशुल्क मास्क उपलब्ध गराउँदै आएको छ ।

मास्क प्रयोग नगर्दा कोरोना सङ्क्रमण फैलिने खतरा कायमै छ । सहरी क्षेत्रमा मास्क प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएपनि ग्रामीण भेगमा भने अधिकांशले यसको प्रयोग गर्दैनन् । मास्क खोई ? अभियान सुरु गरिएपछि पहिलेको तुलनामा मास्क प्रयोग गर्ने बढेको प्रहरीको भनाइ छ । 

प्रहरीले सार्वजनिक सवारीसाधन, सार्वजनिकस्थल, सीमालगायत क्षेत्रमा अभियानलाई प्राथमिकता दिएको छ । सबैले खोप लगाउन नपाएको अवस्थामा मास्क र स्यानिटाइजर प्रयोग, हात धुने र भौतिक दूरी कायम गर्नु आवश्यक भएको छ ।