FLASH NEWS
  • Loading...

कस्तुरी सहकारीले गर्याे नेपाल भाषा मंकाःखललाई आर्थिक सहयोग

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०३ पटक पढिएको
कस्तुरी सहकारीले गर्याे नेपाल भाषा मंकाःखललाई आर्थिक सहयोग

बेनीको संगमचोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लि.ले नेपाल भाषा मंकाःखल बेनीलाई आर्थिक सहयोग गरको छ ।

सोमबार सहकारीको १३ औँ बार्षिक उत्सवको अबसरमा आयोजित एक कार्यक्रममा बिच मंकाःखलको बहुउद्देश्यीय भवन निर्माणका लागि रु १ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

संस्थाले हरेक वर्षको मुनाफाबाट ५ प्रतिशत रकम  सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक क्षेत्रमा खर्च गर्दै अाएकाे छ । सहकारीले संस्थाले  यस अघि २०७६ सालमा ओम कुमारी शान्ति कोषलाई रु २ लाख र २०७७ मा बेनी नगरपालिकाको बिपद ब्यबस्थापनब कोषमा रु ५० हजार सहयोग गरेको जनाएकाे छ।

कार्यक्रम संस्थाका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष सुन्दर कुमार श्रेष्ठको स्वागत र सचिब बिनय श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।