- Loading...
नेपालबाट फेसबुक प्रोफाइल कसरी लक गर्ने ?
- पुनहिल डट कम
- ३ साल अघि
- १७९ पटक पढिएको

विश्वको चर्चित सोसल मिडिया फेसबुक प्रयोग नगर्ने मानिस कमै मात्र भेटिन्छन् । विश्वमा फेसबुकका करिब दुई अर्व ८५ करोड प्रयोगकर्ता रहेको दाबी छ । नेपालमा पनि फेसबुकका एक करोड भन्दा बढी प्रयोगकर्ता रहेको नेपोलियनक्याट नामक साइडले जनाएको छ ।
आजभोलि तपाईंले आफ्ना फेसबुक साथीहरूले प्रोफाइल लक गरको देख्न सक्नुहुन्छ । भारतमा केहि वर्षअगाडि सुरू गरेको फेसबुकको प्रोफाइल लक गर्ने सुविधा नेपालबाट सिधैँ गर्न भने सकिदैन् । नेपालबाट प्रोफाइल लक गर्न तपाईंले केही अन्य प्रक्रिया अपनाउन पर्ने हुन्छ । यहाँ हामी तपाईंलाई नेपालबाट कसरी प्रोफाइल लक गर्न सकिन्छ भन्ने जानकारी दिदैछौं ।
आफ्नो फेसबुक प्रोफाइल लक गर्न नेपालबाट सिधैँ गर्न सकिन्न त्यसो भए नेपालबाट कसरी लक गर्ने त ?
नेपालबाट फेसबुक प्रोफाइल लक गर्नको लागि प्रथमत तपाईंले तलका केहि तरिका अपनाउनु पर्ने छ ।
नेपालबाट फेसबुक लक गर्नका लागि
- नेपालबाट फेसबुक प्रोफाइल लक गर्न आफ्नो मोबाइलमा प्ले स्टोरबाट फेसबुक लाइट डाउनलोड गर्नुहोस् ।
- फेसबुक लाइट डाउनलोड गरिसकेपछि दायाँ साइडमा रहेको प्रोफाइल सेटिङमा जानुहोस् ।
- ल्याङगेवज सेटिङमा गएर भाषालाई अन्तिमबाट सातौ स्थानमा रहेको भाषा छान्नुहोस् ।
- अब आफ्नो प्रोफाइलमा गएर तीन डट मा जानुहोस् त्यहाँ प्रोफाइल लक भन्ने अप्सन देखाउने छ ।
यसरी तपाईंले सजिलै नेपालबाट पनि आफ्नो प्रोफाइल लक गर्न सक्नुहुन्छ । यो फिचर अन गर्ने बित्तिकै, तपाईँका जून पोष्ट पहिले सार्वजनिक रूपमा थिए, ती सबै फ्रेण्डसमा सर्छन्। साथै टाइमलाइन समीक्षा र ट्याग समीक्षा खुल्ला हुनेछ। यस फिचरलाई अन गरेपछि जानकारीको एक सानो अंश मात्र तपाईंको प्रोफाईलमा देखा पर्नेछ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
