- Loading...
‘कि ५० लाख देउ, होइन भने जबर्जस्ती करणीमा मुद्दा हाल्छु’
- पुनहिल डट कम
- ३ साल अघि
- १२३ पटक पढिएको

होटेलमा बोलाई पुरुषलाई हनिट्रयापमा पारी रु ५० लाख बार्गेनिङ गर्ने ३ पेशेवर महिलालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
एक पुरुषलाई बलात्कार अभियोग लगाउने भन्दै ५० लाख रुपैयाँ माग गरेको आरोपमा दाङ प्रहरीले तीन जना महिलालाई पक्राउ गरेको हो ।
प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले मुलुकी अपराध ऐनको दफा २५३ अन्तरगत ३ बर्ष कैद सजायको माग गर्दै मुद्दा चलाउने भएकाे छ ।
धेरै दिनदेखि एक पुरुषलाई ५० लाखको बार्गेनिङ गरिरहेका थिए । पीडित पुरुषले उनीहरुको बारेमा जानकारी गराई प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार दाङको पीडित पुरुषले सागर एण्ड सुनिल रेष्टुरेन्ट तथा लज होटलमा गई सिता देवी थापा, खुमा वली र उनीहरुकै साथमा रहेकी सुषमा परियारसँग भेट गरी १७ लाखको चेक दिएका थिए । पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको थियो । साथै नगद १ लाख भने ब्याजमा लगाइसकेको प्रहरीले जनाएको छ ।
गत असार ६ गते दाङको घोराहीमा पीडित पुरुषलाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईं कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाए। त्यसपछि पीडित पुरुषले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेष्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेटे ।
रेष्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी गरेपछि घर फर्किने बेलामा थापा कोठाको खाटमा पल्टिएको र पैसा तिरिसक्दा पनि तल नझरेपछि पीडित पुरुषले बोलाउन जाँदा गालीगलौच गरेर ‘मेरो इज्जतमा हात हाल्ने अब म छोड्दिन जबर्जस्ती करणीमा मुद्दा हाल्छु’ भनी वादविवाद भएको प्रहरीले बताएको छ ।
पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको प्रहरी प्रवक्ता रिजालले बताए ।
तस्वीर ः दाङका प्रजिअ रामबहादुर कुरूम्वाङकाे फेसबुकबाट ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
