- Loading...
‘पुस मसान्तअघि बालबालिकालाई दिने खोप आउन थाल्छ’
- पुनहिल डट कम
- ३ साल अघि
- १५४ पटक पढिएको

विविसी/नेपाली- विद्यालयहरूमा भौतिक उपस्थितिमा तत्कालै अध्यापन सुरु गर्ने या नगर्ने विषयमा बहस चलिरहँदा सरकारले १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुस मसान्तभित्र आइपुग्नसक्ने बताएको छ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ताले उक्त उमेर समूहका व्यक्तिहरूलाई खोप दिन कार्य योजना बनाइएको र त्यसअनुसार खोप खरिदको प्रक्रिया अगाडि बढाइएको बीबीसीलाई बताए।
हालसम्म नेपालले १८ वर्ष भन्दा बढीको उमेर समूहलाई मात्रै कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराउँदै आएको छ।
असोज १ गतेसम्म झन्डै ६१ लाख नेपालीले पहिलो मात्रा र ५५ लाख भन्दा बढीले दुवै मात्रा खोप लगाएका छन्।
खोप झिकाउने प्रयास
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै नेपालमा भित्रने बताइरहेका छन्।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समीरकुमार अधिकारी भन्छन्, “पुस मसान्तसम्म त्यस्ता खोपहरू आइपुग्ने भन्ने हो तर अहिले हामीले १८ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिलाई नै सकेसम्म चाँडो र धेरै भन्दा धेरै खोप उपलब्ध गराउने हिसाबले केन्द्रित भएर काम गरिरहेका छौँ। हाम्रो कार्य योजनामा १८ र १२ वर्षबीचको उमेर समूह पनि छ।”
उनले कोभ्याक्स सुविधा अन्तर्गत मोडेर्ना र फाइजरका खोप खरिद् सम्बन्धी सम्झौता गरिएको भन्दै सुरुमा मोडेर्नाको खोप आइपुग्ने जानकारी दिए।
उनी थप्छन्, “यी खोपहरू बालबालिकालाई मात्रै नभई १८ वर्षभन्दा माथिको उमेर समूहका छुटेका जनसङ्ख्यालाई पनि दिने गरी हामी व्यवस्था मिलाउँछौँ।”
मोडेर्ना खोपको खरिदका लागि नेपाललाई ७ अर्ब ९४ करोड रुपियाँ भन्दा बढी आर्थिक सहयता उपलब्ध गराएको विश्व ब्याङ्कले गएको अगस्टमा मोडेर्ना खोप सन् २०२२ को मार्च (यसै वर्षको फागुन वा चैत)मा आइपुग्ने अपेक्षा गरिएको बताएको थियो।
उक्त खोप १२ देखि १७ वर्षको उमेर समूहका लागि पनि प्रभावकारी र सुरक्षित रहेको बताइन्छ।
खोप अभियानको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले फाइजर बायोएनजेकको खोप १२ देखि १७ वर्षको उमेर समूहलाई लगाउने विषयमा सकारात्मक ढङ्गले छलफल अघि बढेको बताए।
पूर्व तयारी सुरु
उनका अनुसार उक्त समूहलाई खोप अभियानमा पूर्ण रूपमा समेट्नका लागि पूर्व तयारीका कामहरू सुरु भइसकेको बताइएको छ।
डाक्टर लाल भन्छन्, “हाम्रो अहिलेसम्मको छलफलमा उक्त खोप आउने मिति नै त तय भइसकेको छैन। तर सन् २०२१ को अन्तिम चौमासिक र सन् २०२२ को पहिलो चौमासिक गरेर दुई चरणमा खोप उपलब्ध हुने भनिएकाले त्यही अनुसार पूर्व तयारीको काम भइरहेको छ।”
हालसम्म नेपालले कोरोनाभाइरस विरुद्धको अक्सफर्ड-आस्ट्राजेनेकाद्वारा विकास गरिएको खोप, अमेरिकी जोनसन एन्ड जोनसनको खोप र चिनियाँ भेरोसेल खोप प्रयोगमा ल्याएको छ।
अधिकारीहरूले १८ वर्षभन्दा माथिको उमेर समूहका वयस्कहरूलाई दिन मिल्ने गरी १ लाख ६ हजार फाइजरको खोप कोभ्याक्स कार्यक्रम मार्फत भित्रने लागेको जनाइएको छ।
बालबालिकालाई दिने भनिएका फाइजर र मोडेर्ना खोपहरूको भण्डारणका लागि ‘अल्ट्रा माइनस’ अर्थात् अति चिसो तापक्रमका फ्रिजरहरू चाहिने भएकाले तीनको खरिदको प्रक्रिया अघि बढाइएको यसअघि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका थिए।
सरकारले असोज मसान्तसम्म कुल दुई करोड पाँच लाख खोप नेपाललाई प्राप्त हुने र त्यसबाट नेपालको जनसङ्ख्याको एकतिहाइलाई खोप दिइसक्ने बताएको थियो।
मोडेर्ना र फाइजरसहित कुल पाँच करोड २२ लाख मात्रा खोप आगामी माघ महिनासम्म नेपाल ल्याइसकिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा केही महिना अघि जानकारी दिएका थिए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
