FLASH NEWS
  • Loading...

सुरु भो मुस्ताङ्गी स्याउको बजार यात्रा

  • पुनहिल डट कम
  • २ साल अघि
  • २१० पटक पढिएको
सुरु भो मुस्ताङ्गी स्याउको बजार यात्रा

हिमाल पारिको जिल्ला मुस्ताङका स्याउ बगैचा यतिबेला लटरम्म स्याउका दानाले रंगिएका छन् । पाक्न थालेसँगै स्याउको बजार यात्रा सुरु भएको छ ।
तर स्वादले परिपक्क हुन नपाई मुस्ताङ्गी स्याउ बजारमा आउन थालेको छ । मुस्ताङ्गी स्याउको वास्तविक स्वाद आउने समय असोज १५ पछि हो । ब्यापारीले बढी नाफा पाउने भएपछि पुर्ण गुलियो नपसेका स्याउ टिपेर बजारमा ल्याएका हुन ।
स्याउ जोन मुस्ताङका अनुसार यसपाली मुस्ताङमा औषत स्याउ फलेको जनाएको छ । स्याउ जोनका अनुसार यस वर्ष ५ सय हेक्टर क्षेत्रफलमा रहेका उत्पादन योग्य बोटबाट ७ हजार १ सय ५० मेट्रिक टक स्याउ उत्पादन हुने आंकलन छ । थप १२ सय हेक्टर क्षेत्रफलमा इटलीबाट आयातित उच्च घनत्वमा आधारित स्याउका वेर्ना हुर्किरहेका छन । मुस्ताङमा स्याउको उत्पादन १४ दशमलव २ मे.टन प्रति हेक्टर उत्पादकत्व रहेको छ ।
‘मुस्ताङमा यस वर्ष स्याउको औषत उत्पादन भएको छ । कृषकले पुरै बगान नै ठेकदारलाई विक्रि गर्ने र ब्यापारीले समय अघि नै टिप्ने हुँदा स्याउको स्वादमा गुणस्तर खस्केको गुनासो आएको छ’ स्याउ जोन मुस्ताङका प्रमुख सुधिर थापाले भने, ‘स्याउको क्वालिटी कन्ट्रोलमा लागेका छौं । यो वर्ष पनि कोरोनाको प्रभाव पर्दा मुस्ताङ्गी स्याउको मुल्यमा केही असर पर्ने देखिन्छ ।’


स्याउ उत्पादक कृषकका अनुसार यस वर्ष मुस्ताङमा थोकमा मुल्य प्रति केसी ६०–७० रुपैयाँ र खुद्रा मुल्य एक सयदेखी १ सय ५० रुपैयाँ राखिएको छ । स्याउलाई ए, वि, सि र डी ग्रेड गरिएको छ । डि ग्रेड ब्राण्डी वा रक्सी बनाउनेले लैजान्छन ।
कोरोनाको कारण मुस्ताङ भ्रमण आउने पर्यटक घट्दा स्याउका ग्राहक घटेपछि स्याउको राजधानी मार्फाका कृषकले साना किसान कृषी सहकारी मार्फत काठमाण्डौ पुऱ्याएर ‘किसानको पोको’ भन्दै विक्रि गर्ने तयारीमा छन ।
‘ठूला बगान त ठेकदारले एकलौटी किन्छन । साना किसानको वारीमा भएका ८–१० बोटमा फल्ने स्याउका ग्राहक मुस्ताङ आउने आन्तरिक तथा बाह्य ग्राहक हुन । पर्यटक नै नआएपछि साना किसानका स्याउलाई स–सानो पोको पारेर काठमाण्डौ पुऱ्याएर वेच्ने तयारीमा छौ्र’ साना किसान कृषी सहकारी संस्थाकी अध्यक्ष तथा स्याउ कृषक कमला लालचनले भनिन, ‘बारीबाट घरमा, प्याकिङ र मुस्ताङबाट बेनी कच्ची सडकहुँदै काठमाण्डौ पुऱ्याउँदा ग्रेडिङ गरेको राम्रो स्याउ काठमाण्डौ पुऱ्याउँदा १ सय ७० रुपैयाँ केजी पर्ने भएको छ ।’
मुस्ताङ्गको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिङ, लुप्रा, ताम्बे, आदी गाउँमा गोल्डेन, डेलिसेस, रिचारेड, रेड डेलिसेस र फुजी जातका स्याउ खेती गरिन्छ । कृषी जोन, कृषी ज्ञान केन्द्र र स्थानीय तहले स्याउ खेती विस्तारका लागि कृषकलाई अनुदानमा बिरुवा वितरण, बगैचा सुदृढीकरण कार्यक्रम र ढुवानीका लागि अनुदानमा कार्टुन छपाएर कृषकलाई उपलब्ध गराउदै आएको छ ।
मुस्ताङमा सवैभन्दाबढी वाह्गाउँमुक्तिनाथ गाउँपालिकाममा सवै भन्दाबढी स्याउ खेती विस्तार भैरहेको छ । वाह्गाउँमुक्तिनाथ गापा क्षेत्रमा पछिल्लो ५ बर्षदेखी मात्र स्याउको ब्यवसायीक खेती विस्तार भएको हो । मुस्ताङ्मा स्याउ खेती भित्राएका तल्लो मुस्ताङ्का लेते, घाँसा, कोवाङ समेत थासाङ गाउँपालिका क्षेत्रमा तापक्रम बृद्धीले गर्दा स्याउ खेती हुन छोडेको छ ।