माेना जापानको अध्यक्षमा सचिन श्रेष्ठ चयन

३ आश्विन २०७८, आईतवार १३:०९ मा प्रकाशित (2 महिना अघि)
पुनहिल संवाददाता

जापानको टोक्यो स्थित बारकाँडे नेपाली रेष्टुरेन्ट शिन-ओकुबुमा अाइतवार  सम्पन्न भएको मोना जापान केन्द्रीय समितको सातौ साधारण सभा मार्फत २ वर्षे कार्यकालको लागी बेनीका सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।

नवगठित कार्यसमितीकाे बरिष्ठ उपाध्यक्ष दिल केसी ( बिशाल ), महिला उपाध्यक्ष पबित्रा पुन क्षेत्रिय उपाध्यक्ष टिका छन्त्याल, उपाध्यक्षहरू हेम कुमार जुग्जाली, ओम प्रकास तुलाचन रहेका छन । त्यस्तै  महासचिब – गणेश श्रेष्ठ सचिबमा सागर कार्की, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की सह-कोषाध्यक्ष खिम बहादुर पुन, महिला संयोजक धना पुर्जा, युवा संयोजक निराेज पुन, भेगिय स्ंयोजक भुपेन्द्र अर्याल, साँस्कृतिक संयोजक ढक प्रसाद जुग्जाली रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा दिपक सुबेदी ,सिमन पुन ,रेखा केसी , प्रदिप मगर, जिवन थापा मगर र कबिता भट्टचन रहेका छन ।

त्यसैविच जापानकाे विभिन्न क्षेत्रिय समितिले मोना जापान संस्थाको विद्यान र सांगठनीक संरचनाप्रति क्षत्रिय समितिले असहमति राख्दै महाधिवेशन बहिष्कार गरेका छन । मोना क्युस्यु, नागोया, सिजुओ, सेन्दाईका अध्यक्ष तथा निर्वतमान अध्यक्षले विरोध गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेका हुन।