FLASH NEWS
  • Loading...

मोनाको अन्तराष्ट्रिय सम्मेलन कात्तिक २ र ३ गते बेनीमा हुने

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०९ पटक पढिएको
मोनाको अन्तराष्ट्रिय सम्मेलन कात्तिक २ र ३ गते बेनीमा हुने

म्याग्दी प्रवासी नेपाली संघ (मोना)को चौंथो अन्तराष्ट्रिय सम्मेलन आगामी कात्तिक २ र ३ (अक्टुवर १९–२०)गते बेनीमा हुने भएको छ ।
चौंथो विश्व सम्मेलन पूर्वतयारी गर्न मोना अन्तराष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ओमनारायण जुग्जाली बेनी आई पुगेको छन । मोना आईसिसीका अध्यक्ष जुग्जालीका अनुसार कात्तिक २ र ३ गते बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन र उद्योग वाणिज्य संघको हलमा बन्द सत्र हुने भएको छ । कोभिड–१९ को कारण यस पटकको विश्व सम्मेलन भर्चुअल र भौतिक उपस्थिती दुवै माध्यमको कम्बाईन हुने भएको छ ।
‘म अहिले बेनीमा कार्यक्रम संञ्चालन स्वीकृति लिने, कार्यक्रम स्थल टुङ्गो लगाउने, अतिथीहरुलाई आमन्त्रणा पत्र पठाउने र सचिवालय सकृय बनाउन आएको छु’ मोना आईसिसिका अध्यक्ष ओमनारायण जुग्जालीले भने, ‘सम्मेलनको मिती, स्थान र कार्यक्रम संञ्चालन अनुमति प्राप्त भएकोले प्रतिवेदन, स्मारिका निर्माण, प्रचार प्रसारसमेत तयारी थालिएको छ ।’
मिती, स्थान तय भैसकेको भएपनि सम्मेलनमा सहभागी हुने प्रतिनिधीहरुको टुङ्गो भने भैसकेको छैन । विभिन्न राष्ट्रिय समितिहरुले सेप्टेम्बर ३० भित्र सम्मेलनका प्रतिनिधीको नामावली टुङ्गो गर्ने कार्यतालिका छ । सेप्टेम्बर ३० पछि नै को प्रतिनिधी भौतिक रुपमा सम्मेलनमा उपस्थिती हुने र को प्रतिनिधी भर्चुअल सहभागी हुने बल्न थाहा हुने अध्यक्ष जुग्जालीले बताए । अहिले विभिन्न देशहरुमा राष्ट्रिय सम्मेलन भैरहेको पनी मोनाले जनाएको छ ।
यो सम्मेलनले मोना आईसिसिको नयाँ नेतृत्व पनि चयन गर्ने छ ।