- Loading...
धवलागिरी आरोहण गर्दै ८२ बर्षे स्पेनी जेष्ठ आरोही कार्लोस
- पुनहिल डट कम
- ३ साल अघि
- २४० पटक पढिएको

संसारको सातौं अग्लो धवलागिरी प्रथम (८१६७मी.) आरोहण गर्न ८२ वर्षको पाको उमेरका स्पेनी पर्वतारोही कार्लोस सोरिया फोन्टेन धवलागिरी वेस क्याम्प पुगेका छन ।
६० वर्षको पाको उमेरमा संसारका सवै १४ वटा ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने चुनौति सामना गर्न निक्लेका कार्लोस धवलागिरी आरोहण क्रममा वेस क्याम्प पुगेका हुन । कार्लोसले फ्रेवरी १६ मा आफ्नो फेसवुक पेज (yo subo con carlos soria)मा भिडियोसहित जानकारी अपलोड गरेका छन । धवलागिरी क्षेत्रमा केही दिनदेखी लगातार वर्षा भैरहेकाेमा विहिवार देखी हिमपात भैरेकाे पनी कार्लाेसले पेजमा विहिवार अाफ्नाे पेजमा लेखेका छन ।
यस सिजनमा सेभेन समिट, पायोनियर र डोल्मा ट्रेक्स कम्पनीबाट गरी पूर्णीमा श्रेष्ठ, मायाँ शेर्पागरी चार जना नेपाली महिला समेत स्वदेशी/विदेशी ४० जना पर्वतारोही/सहयोगीहरु धवलागिरी हिमाल आरोहण क्रममा रहेका छन ।
कार्लोस र नेपाली महिला आरोहीहरु सेप्टेम्बर १३ मा म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरीको सवैभन्दा तलको इटली क्याम्प उत्रेका हुन । धवलागिरी पदमार्गमा पर्ने बेनी–दरवाङ सडकको मालिका, ६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामाग्री हेलिकोप्टरबाट वेस क्याम्प पुऱ्याईएको हो ।
संसारका जेठा पर्वतारोहीलाई धवलागिरी अरोहण गराउन लागेको सेभेन समिट ट्रेक्सले २ सेप्टेम्बरबाट यात्रा सुरु गरी ११ अक्टोवर भित्र आरोहण यात्रा पुरा गर्ने जनाएको छ । अहिले धवलागिरी आरोहण क्रममा रहेका कार्लोसले यस अघि आफ्नो ६०–८२ बर्ष उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कन्चनजंगा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको अरोहण गरी विश्व रेर्कड राखेका छन । तस्वीर ः कार्लाेसकाे फेसवुकबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
