गलेश्वर भगवानको घरमा पित्तलको छानो

१७ भाद्र २०७८, बिहीबार मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

म्याग्दी सदरमुकाम बेनीदेखी तीन किलोमिटर उत्तरमा अवस्थित प्रशिद्ध गलेश्वरधाम मन्दीरको छाना फेरेर पित्तलको हालिएको छ ।
गलेश्वर क्षेत्र विकास कोषले आरसिसी ढलानको छाना रहेको मन्दीरमा पित्तलको छाना लगाएको हो । उग्रचण्डी मेटल कार्विन (मेटल आर्ट) काठमाण्डौले मन्दीरमा पित्तिल धातुको छाना राख्ने काम गरिरहेको छ । पित्तलको छाना राख्न ३१ लाख ७५ हजार खर्च भएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

‘अारसिसि ढलान भएकाे छाना खुर्केर त्यसमाथी प्लाइ राखी प्लाइमाथी पित्तलकाे छाना राखेका छाैं । हामी ५ जनालाइ छाना फेर्न २० दिन लाग्याे, अव फिनिसिङमा छाैं’ मुख्य िमस्त्री राम श्रेष्ठले भने, ‘छानामा पुछपाछ गरी चमक ल्याउने, जाेडेकाे स्थानमा बाँध्ने र टाइट गन्रे काम भैरहेकाे छ ।’

प्यागोडा शैलीको आरसिसि ढलानको छाना भएको गलेश्वरधाम मन्दीर स्थानिय घर भएका स्व. निर्माण ब्यवसायी राधाकृष्ण पराजुलीले विस २०४८ सालमा निजी खर्चमा निर्माण गरेका थिए ।

गलेश्वर महादेवको मुल अंग स्वयं उत्पन्न ज्योर्तिलिङ्ग मानिएको गलेश्वर शिव लिंङ्घलाई परापूर्वकाल देखि स्थानीयले पुजा अर्चना गर्दै आएको भएपछि एक जना नाथ सम्प्रदायका तपसी (गलेश्वर बाबा)ले विस १९९० तिर खरको छाना हालेर मन्दीरको स्वरुप दिएको विश्वास छ ।

‘परापूर्वकालदेखी स्थानीयले पुज्दै आएको स्वयं उत्पन्न ज्योर्तिलिङ्ग रहेको गलेश्वरधाम मन्दीर आधुनिक आरसिसी ढलानको हुँदा पुरातात्वीक महत्वलाई ओझेलमा पाऱ्यो । त्यसैले आरसिसि ढलानयुक्त छाना हटाएर पित्तलको छाना राखेका हौं’ गलेश्वर क्षेत्र विकास कोषको कार्यवाहक अध्यक्ष रहेका माधव रेग्मीले भने, ‘मन्दीरमा पित्तलको छानाले मन्दीरको सौन्दर्यमा निखार ल्याएको छ । पुरातात्वीक सम्पदाको पनि उजागर गरेको छ ।’

 

रहुगंगा र कृष्णगण्डकीको संगमस्थल एउटै विशाल शालिग्रामको ढुङ्गामाथी रहेको छ । शालिगग्राम एउटा कालो रंगको ढुङ्गा हो । हिन्दुधर्मालम्बीहरुले यस्लाई भगवान विष्णुको प्रतिक मानी पुजा गर्छन् । शालिगग्राम कालिगण्डकी नदी बाहेक संसारको अन्यत्र नपाईने हिन्दुधर्मालम्बीहरुको दावी छ ।

गलेश्वरको नामाकरण सम्बन्धमा विभिन्न किम्बदन्ती मध्य स्कन्दपुराणमा अनुसार हिमालय पर्वतकी छोरी सतीदेवीले आफ्ना पीता हिमालयबाट पति महादेवको निन्दा गरेको सुन्न नसकि यज्ञको बल्लो आगोमा होमिएर देह त्याग गरिन । पत्नीले देह त्याग गरेपछि वौलाह झै बनेका महादेवले सतीदेवीको मृत शरिरलाई बोकेर हिंड्ने क्रममा यस स्थानमागलो खसेकोले भनिएको छ ।

गलेश्वरलाई शैव सम्प्रदायले स्वयं उत्पन्न ज्योर्तिलिङ्गको रुपमा पुज्ने गर्छन । त्यसैगरी गलेश्वरधाम मन्दीर रहेको विशाल ढुङ्गामा शालिग्राम पनि धेरै रहेकोले वैष्णव समुदायले भगवान विष्णुको प्रतिक मानी पुजा गर्छन् । गलेश्वर हिन्दु धर्मको शैव र वैष्णव दुवै सम्प्रदायको साझा तिर्थस्थलको रुपमा प्रशिद्ध छ ।
बराह तलाउ
गलेश्वर मन्दिर परिसर भित्रै चट्टान वीच लाम्चो आकार परेको एक जल कुण्ड छ । बाह्रैमास पानी नसुक्ने तलाउ छ । हिउँदको खडेरीमा समेत नसुक्ने तलाउको पानी बर्खाको झरीमासमेत पुरै भरिदैन । तलाउमा बुढानीलकण्ठ भगवानको मुर्ति स्थापना गरिएको छ । ढुङ्गाको विचमा स्वनिर्मित तलाउको पानी हिउँद/बर्खा एक नास रहनु नै हो ।
राधाकृष्ण मन्दिर
गलेश्वर शिवालयकै परिसरभित्र अर्को महत्वपूर्ण मन्दीर छ, राधाकृष्णको । ढुगाको गारो, प्लास्टर गरिएको ढुंगाकै तीन तले ढलौटको गजुरयूक्त राधाकृष्णको मन्दिर बनाइएको छ । मन्दिर भित्र सुदामा, कृष्ण, राधा, सुदर्शन, रामनुजास्वामी षडगोवा स्वामी, शालिग्राम आदिका मुर्तिहरु राखिएका छन् । मन्दीरमा बैष्णवहरुले मुख्य पुजाअर्चना गर्ने गरेका छन ।