कक्षा १२ को परीक्षा भदौ ३० देखि

१६ भाद्र २०७८, बुधबार मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

सरकारले कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय,  सनोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट संचालन हुने भन्दै परीक्षाको समय तालिका बुधबार प्रकाशित गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ ।

परीक्षा असाेज ८ गतेसम्म संचालन हुने बाेर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दाेस्रोपटक स्थगित गरिएकाे थियाे । यसअघि बैशाखमा परीक्षा गर्ने तयारी थियाे । परीक्षा गर्न अहिले सीसीएमसीले पनि अनुमति दिएकाे छ ।