- Loading...
शिक्षकलाई घाँटी रेटी मारेको आरोपमा युवती पक्राउ
- पुनहिल डट कम
- ३ साल अघि
- १९६ पटक पढिएको

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।
दैलेखको मालिका माविका सामाजिक विषयका शिक्षक नगेन्द्र कुमार विसीको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा मंगलबार बिहान सोही विद्यालयको बरण्डामा शव फेला परेको थियो ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना रानालाई पक्राउ गरेको छ । मुनाले व्यक्तिगत रिसइबीका कारण घाँटी रेटेर शिक्षकको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । अहिले उनीलाई कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि जिल्ला अदालत दैलेखबाट म्याद लिएर हिरासतमा राखिएको छ ।
दैलेखको यो घटना मात्रै होइन पछिल्लो केही महिलाहरु क्रुर अपराध कर्ममा संलग्न हुन थालेका छन् । गत वर्ष साउनमा एउटा यस्तै क्रुर हत्या भयो । त्यो पनि महिलाले नै गरेकी थिइन । काठमाडौंको गोगबुमा २०७७ साउन २५ गते कृष्णबहादुर बोहराको हत्या गरी घाँटी र खुट्टा एउटा सुटकेस र शरीर अर्को सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । सोही घटनाकी अभियुक्त कल्पना मुडभरी पौडेललाई अदालतले दोषी ठहर गरी कारागार पठाएको छ । उनी हाल केन्द्रीय कारागारमा छिन् ।
३ फागुन २०६९ मा ललितपुरको इमाडोलमा प्रकाश श्रेष्ठको हत्या भयो । सो हत्याकाण्डकी मुख्य अभियुक्त थिइन–प्रकाशकै पत्नी अस्मिता लामा श्रेष्ठ । प्रहरीका अनुसार प्रकाशले रक्सी खाएर परपुरुषसँग लागेको भन्दै दिनहुँजसो अस्मितालाई कुटपिट गर्न थालेपछि उनले आफ्नै पतिको हत्या गरेकी थिइन् । अस्मिताले सुतिरहेको अवस्थामा प्रकाशको घाँटी सलले बेरेर थिची हत्या गरेकी थिइन् ।
नेपाल प्रहरीको पछिल्लो तथ्यांकले अपराधमा महिलाको संलग्नताको ग्राफ उकालो चढिरहेको देखाउँछ । जघन्य र गम्भीर प्रकृतिका अपराध तथा महिलासँग सम्बन्धित, लागूऔषधजस्ता अन्य अपराधको ग्राफ बढ्दै गएको छ । प्रहरी मुख्यालयको तथ्यांकमा अघिल्लो वर्षको तुलनामा गम्भीर प्रकृतिका अपराधमा कर्तव्य ज्यान २५.५८, ज्यान मार्ने उद्योग २०.९४, जबरजस्ती करणी १८.१९ प्रतिशतले बढेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
