- Loading...
पहिलो चरणको राष्ट्रिय जनगणना अाज देखि सुरू
- पुनहिल डट कम
- ३ साल अघि
- १२१ पटक पढिएको

केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको पहिलो चरणअन्तर्गत बुधबारबाट घर तथा घरपरिवार सूचीकरण सुरु गर्दै छ । त्यसका लागि देशभरमा ८ हजार ५ सय सुपरिवेक्षक खटिने छन् । विभागले नयाँ तालिका सार्वजनिक गरेलगत्तै सुपरिवेक्षकलाई तालिम दिएर खटाउने तयारी गरेको हो । सूचीकरण कार्यमा घरपरिवारमा अक्सर बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।
‘बुधबारबाट म्याग्दी जिल्लामा घर तथा घरपरिवारको सूचीकरण हुनेछ,’ जिल्ला जनगणना अधिकारी घनश्याम सापकाेटाले भने, ‘भदाै ३० गतेदेखी असाेज २० गतेसम्म सुपरिवेक्षकले प्रत्येक घरमा विवरण भर्नेछन् । उनीहरूलाइ पुर्नरताजगी तालिम दिएर पठाएका छाैं । ’ घरपरिवारको बैंक खाता रहे/नरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिए/नलिएको विवरण लिइनेछ ।
निर्धारित तालिकाअनुसार मूल जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गते सम्पन्न हुनेछ । त्यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मूल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामुदायिक प्रश्नावली भर्नेछन् ।
यस पटक जनगणनामा व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्यासमेत उतारिनेछ ।
त्यसैगरी, सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, व्यावसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, वित्तीय संस्था, उद्योग, कलकारखानाको समेत विवरण लिइनेछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
