- Loading...
हत्यारालाई स्वकीय सचिव बनाएपछि…
- पुनहिल डट कम
- ३ साल अघि
- १३९ पटक पढिएको

सुजित बिक अहिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीका स्वकीय सचिव बनेपछि विवाद सिर्जना भएको छ । उनलाई अदालतले १२ वर्ष अगाडि हत्या अभियोगमा दोषी ठहर भई जेल सजाय भोगेका थिए तर, सोहि व्यक्तीलाई मुख्यमन्त्रीले स्वकीय सचिव नियुक्त गरेका छन् । १२ वर्ष अघि बुटवलका प्रचण्ड थैवको हत्या अभियोगमा १० वर्ष जेल सजाय पूरा गरेका बिक स्वकीय सचिवमा नियुक्त भएपछि लुम्बिनी सरकारप्रति नैतिकताको प्रश्न उठेको छ।
थैबको परिवारले बिकलाई मुख्यमन्त्रीले स्वकिय सचिव नियुक्ती गरेपछि गम्भीर आपत्ति जनाउँदै उनको राजीनामा माग गरेको छ । थैव परिवारले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी हत्यामा दोषी ठहर भई अदाललबाट सजाय तोकेअनुसार कारवाहीमा परेका ‘हत्यारा’ लाई मुख्यमन्त्री जस्तो उच्च र साझा व्यक्तिले स्वकिय सचिव नैतिकताविरुद्ध भएको भन्दै उनको राजीनामाको माग गरेको छ ।
बुटवलको हिलपार्क पुल नजिकै प्रचण्ड थैबलाई गोली प्रहार गरेको आरोपमा उनी १०६५ साल चैत १३ गते पक्राउ परेका थिए। हत्यामा दोषी ठहर भएपछि बिक १० वर्ष जेल चलान भएका थिए। तर, जेल जीवन बिताएर निस्केपछि उनी हाल मुख्यमन्त्रीको स्वकीय सचिवको रुपमा रहेका छन् ।
थैबकी आमा सुकन्या थैवले जेल जीवन बिताएको अपराधीलाई स्वकीय सचिव बनाएर आलो घाउँमा नुन चुक छर्किदिएको बताइन् । उनले रुँदै भनिन्, ‘छोरा मारिएको १३ वर्षसम्म जसोतसो कटाएका थियौँ, फेरि पनि आज १३ वर्ष जेलमा बसेको उपराधीलाई यहीँ बुटवलमा आएर मुख्यमन्त्रीले स्वकीय सचिवमा नियुक्त गर्नुभो। २०६५ सालमा परिवारलाई लागेको दुःख फेरी दोहोरिएर आउँदा ज्याँदै दुःख लागेको छ।’ *डिसिनेपालबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
