- Loading...
निजगढको एक होटलबाट करिब एक करोड रुपैयाँ नक्कली नोट बरामद
- पुनहिल डट कम
- ३ साल अघि
- १६२ पटक पढिएको

बाराको निजगढस्थित एक होटलबाट करिब एक करोड रुपैयाँ नक्कली नोट बरामद भएको छ । ‘तारा इन’ होटलबाट प्रहरीले ५ जना नक्कली नोटका कारोबारीलाई पक्राउ गर्ने क्रममा ९३ लाख रुपैयाँ नक्कली नोट बरामद गरेको प्रहरी स्रोतको दाबी छ । उक्त गिरोहकै अर्का एक सदस्यलाई भने रौतहटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रौतहटमा भने गोठमा खाल्टो खनेर बोराभित्र लुकाएर राखेको अवस्थामा रकमसहित एक जनालाई पक्राउ गरिएको थियो । होटलमा कोठा भाडामा लिएर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले बिशेष व्युरोको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
उक्त गिरोहले झन्डै ९३ लाख नक्कली रकम बरामद गरेको भएपनि बाहिर सूचना दिइएको छैन । ‘बारामा नक्कली नोट बरामद भएको बारे केही जानकारी आएको छ’, प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले पुष्टि गरेका छन् । तर प्रहरी अहिलेसम्म अनुसन्धानमै रहेका कारण केही खुलाउन चाहेको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
