Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

कोरोना भाइरस पुष्टि हुने र सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १८५ पटक पढिएको
कोरोना भाइरस पुष्टि हुने र सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा

नेपालमा निषेधाज्ञा खुले पनि कोरोनाभाइरस सङ्क्रमण कम हुँदै जानुमा मानिसहरूमा खोप र सङ्क्रमणका कारण विकास भएको भाइरस प्रतिरोधी क्षमता प्रमुख भएको विज्ञहरूले बताएका छन्।

नेपालमा पछिल्लो तीन दिनयता कोभिड सङ्क्रमण दर १० प्रतिशतमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ। पछिल्लो दुई सातायता सङ्क्रमण दर १४ प्रतिशतभन्दा कम कायम रहेको देखिन्छ।

मन्त्रालयका अनुसार लगातार चार दिनदेखि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ३० हजारभन्दा कममा सीमित भएको छ।

कोभिड सङ्क्रमणको दोस्रो लहर उच्चबिन्दुमा पुग्दा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या एक लाखभन्दा माथि थियो भने दैनिक सङ्क्रमण पुष्टि दर ३० प्रतिशतसम्म पुगेको थियो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारी सङ्क्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतना भएको बताउँछन्। विज्ञहरूका अनुसार कोभिड-१९ विरुद्ध लड्ने क्षमता विकास गर्ने खोपबाहेक कोभिड सङ्क्रमणबाट निको भएका मानिसहरूमा पनि एन्टिबडी भनिने प्रतिरोध गर्ने तत्त्व रहन्छ।

मन्त्रालयका अनुसार हालसम्म एक करोड जनाभन्दा बढीलाई कोभिड खोप लगाइसकिएको छ। शनिवारसम्म ५१ लाख ६१ हजार जनाजतिले पूर्ण मात्रामा कोभिड खोप लगाइसकेका छन्।

 

“अब नयाँ भेरिअन्ट आयो भने भन्न सकिन्न, तर अहिलेकै भेरिअन्टहरूले सङ्क्रमण पुन: बढाउने सम्भावना ज्यादै न्यून छ।”

स्वास्थ्य मन्त्रालयले पनि हाल सक्रिय रहेका डेल्टा, बीटा, अल्फा र गामा भेरिअन्टबाट ठूलो जोखिम नरहे पनि नयाँ भेरियन्ट आएको अवस्थामा जोखिम बढ्न सक्ने बताएको छ।

स्वास्थ्य मन्त्रालयका विज्ञहरूले दोस्रो लहरपछि तेस्रो लहर सुरु भएको र अहिले त्यो घट्न थालेको आकलन गरेका छन्।

 

मन्त्रालयले दशैँ तिहारजस्ता चाडवाडको समयमा मानिसहरूको हिँडडुल र भेटघाट बढ्ने भएकाले असोज अन्त्यतिरबाट पुनः जोखिम बढ्न सक्ने भन्दै सचेत रहन भनेको छ।

नेपालमा शनिवार ९९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र १२ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अझै १३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले थप १२ जनाको मृत्यु भएपछि कोभिडका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या १०,९३६ पुगेको छ।

पाँच ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ।

उक्त प्रदेशका काठमाण्डू, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी छ।

गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की र बाग्लुङमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

प्रदेश नं १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।

लुम्बिनी प्रदेशको रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेतमा पनि सङ्ख्या ५०० माथि छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल