FLASH NEWS
  • Loading...

याे सिजनमा धौलागिरी, कञ्चनजङ्गा र मरियाङ हिमाल आरोहणमा आकर्षण

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०८ पटक पढिएको
याे सिजनमा धौलागिरी, कञ्चनजङ्गा र मरियाङ हिमाल आरोहणमा आकर्षण

हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले यही भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेको थियो । हालसम्म धौलागिरी, कञ्चनजङ्गा र मरियाङ हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । यीमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणको अनुमति बापत सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । धौलागिरी हिमाल आरोहण शुल्कबापत ४२ लाख १० हजार, कञ्चनजंगा हिमाल आरोहण शुल्कबापत तीन लाख १४ हजार र मरियाङ हिमाल आरोहण शुल्कबापत एक लाख ८८ हजार संकलन भएको पर्यटन विभागले जनाएको छ ।

मरियाङ हिमाल आरोहणका लागि आठ जना, कञ्चनजंगा हिमाल आरोहणका लागि तीन जना, धौलागिरी हिमाल आरोहणका लागि ४० जना र मनास्लु हिमाल आरोहणका लागि १ सय ८६ जना गरी जम्मा २ सय ३७ जना आरोहीले हिमाल आरोहणका लागि अनुमति लिइसकेको विभागले जनाएको छ ।

कोरोना संक्रमणको दर कम भएसँगै पर्वतीय पर्यटकको संख्या पनि बढ्दै गएको व्यवसायीहरूले जनाएका छन् । यो महिना मनास्लु हिमाल आरोहणका लागि १ सय ८६ आरोहीले अनुमति लिएसँगै आधार शिविरमा भीड लाग्न सुरु भएको छ । १० दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियमका कारण पदयात्रामा आउने पर्यटक भने बढ्न नसकेको विभागले जनाएको छ ।