- Loading...
अनुदान विदेशीले नेताको घर-घर पुगेर लिनैपर्छ भन्दै दवाव दिदैछन्, कस्तो विडम्बना- भीम रावल
- पुनहिल डट कम
- ३ साल अघि
- १४१ पटक पढिएको

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालीले नचाहेको अनुदान लिनैपर्छ भन्दै विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिएको टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै नेता रावलले संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने, सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने, कस्तो विडम्बना ! भन्दै टिप्पणी गरेका हुन् ।
नेपाल भ्रमणमा रहेको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलिले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोट पुगेर भेटवार्ता गरेपछि नेता रावलले यस्तो टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्-
संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने,सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने, कस्तो विडम्बना ! हे आमा नेपाल नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देउ !

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
