- Loading...
नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ
- पुनहिल डट कम
- ३ साल अघि
- १७९ पटक पढिएको

सिरहाको गोलबजार नगरपालिका ६ बाट सशस्त्र प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालि १२ का २५ वर्षीय धिरज यादब, सोही ठाउका संजय राय र कल्याणपुर नगरपालिका ७ का २४ वर्षीय विमलेन्द्र नायक छन् । विरेन्द्र महतोको घरमा विगत केही दिनदेखि शंकास्पद गतिविधि बढ्न थालेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीले गोलबजार खानतलासी गर्दा ६ लाख ८४ हजार नक्कली नोट, नोट छाप्ने मेशिन, एक ल्यापटप र मोटरसाईकलसहित तीन जनालाई पक्राउ गरेको हो ।
लागूऔषध कारोवारी हुन सक्ने आशंकामा सशस्त्र वेश क्यापका ईन्चार्ज प्रहरी निरीक्षक रोशन थापा खानतलासी गर्न पुगेका थिए । उक्त स्थानमा पुग्दा एक हजार दरका १०४ थान तयारी जाली नोट र ५८० जाली नोट कागजमा छपाई गरी कटिङ्गका लागि तयारी हालतमा फेला परेको थियो ।
वरामद नक्कली नोट, नोट छाप्ने मेशिन र उक्त कार्यमा संलग्न तीनै जनालाई कानूनी प्रक्रिया पुरा गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय गोलबजारबाट नेपाल प्रहरीको टोली बोलाई बुझाईएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
