- Loading...
आर्थिक अध्यादेश स्वीकृत गर्दा सभामुखले गरे प्रक्रियागत त्रुटि
- पुनहिल डट कम
- ३ साल अघि
- ६३८ पटक पढिएको

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको नाराबाजीबीच शुक्रबार अध्यादेश स्वीकृत गर्दा सभामुख अग्निप्रसाद सापकोटाले त्रुटि गरेका छन्। सांसद प्रेम सुवालको ‘आर्थिक अध्यादेश अस्वीकार गरियोस्’ भन्ने प्रस्ताव फिर्ता नहुँदै सापकोटाले आर्थिक अध्यादेश निर्णयार्थ प्रस्तुत गरेका थिए।
सभामुख सापकोटाले आर्थिक अध्यादेश बहुमतबाट स्वीकृत भएको घोषणा गर्दै सांसद सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्तावमाथि बोल्न समय दिए। त्यसपछि सुवालले आफूले अघिल्लो प्रस्ताव फिर्ता नलिएको बरु प्रस्ताव पेश गर्ने वातावरण बनाउन आग्रह गरेको बताए।
सुवालले भने, “सभामुख महोदय, आर्थिक अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव मैले फिर्ता लिएको होइन। पेश गर्ने वातावरण तयार गरी पाउँ भनेर सभामुखसँग आग्रह गरेको थिएँ। मैले अस्वीकार गरियोस् भन्ने प्रस्ताव पास गर्न पाउनुपर्छ, सभामुख महोदय। यो संसदीय मर्यादा भित्र पर्दैन सभामुख महोदय।”
अर्थमन्त्री शर्माले अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरे। त्यसपछि उनले बहुमतले अध्यादेश स्वीकृत भएको घोषणा गरे।
पूर्वसांसद परी थापा आर्थिक अध्यादेश स्वीकृत गर्ने क्रममा सभामुखले प्रक्रियागत त्रुटि गरेको बताउँछन्। “अस्वीकार गरियोस् भन्ने प्रस्ताव अस्वीकृत नभई स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्नै मिल्दैन,” थापाले हिमालखबरसँग भने, “यसमा सभामुखको प्रक्रियागत त्रुटि देखियो।” *हिमालखवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
