FLASH NEWS
  • Loading...

नेपालले बंगलादेशलाई २–१ गोलले हरायो

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५९ पटक पढिएको
नेपालले बंगलादेशलाई २–१ गोलले हरायो

डेब्यु खेलाडीद्वय सविता राना र प्रीति राईको गोलमा नेपालले बंगलादेशमाथि जित निकालेको छ । बिहीबार भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालको जितमा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी सविता र प्रीतिले गोल गरेका थिए । यता बंगलादेशकी थोहुरा खातुनले गोल गरिन् ।

१३औं मिनेटमा सविताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले डिबक्स बाहिरबाट बिमला चौधरीले दिएको पासमा हेर्ड गोल गरेकी थिइन् ।

त्यसपछि लगातार आक्रमण बुनेको नेपालले २३औं मिनेटमा दोस्रो सफलता हात पार्याे । मिडफिल्डबाट सरु लिम्बूले निकालिदिएको पासमा प्रीति राईले आकर्षक गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् ।

यस्तै, ८३औं मिनेटमा मोसामत सोप्नाको स्थानमा मैदान प्रवेश गरी तोहुरा खातुनले गोल गर्दै बङ्गलादेशलाई खेलमा फर्काउने सङ्केत गरेकी थिइन् ।