- Loading...
कास्कीका सबै जनप्रतिनिधि एमालेमै
- पुनहिल डट कम
- ३ साल अघि
- १४४ पटक पढिएको

एमाले विभाजनले कास्कीमा भने खासै असर देखिएको छैन।
तीनै तहका जनप्रतिनिधिहरू एमालेमै रहने आन्तरिक सनाखत गरेका छन्। वडा सदस्यदेखि पालिका, प्रदेश र प्रतिनिधिसभासम्म कास्कीमा एमालेबाट दुई सय ८१ जना निर्वाचित भएका छन् । एक महानगरसहित कास्कीमा पाँचवटा स्थानीय तह छन्। तीमध्ये अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष मात्रै कांग्रेस उम्मेदवारले जितेका छन्।
२०७४ को प्रदेश र प्रतिनिधिसभामा माओवादी केन्द्रसँग तालमेल गरे पनि स्थानीय निर्वाचनमा दुई पार्टीबीच एकता थिएन । पोखरा महानगरपालिका र गाउँपालिकाका केही वडाहरूमा कांग्रेससँग माओवादीको सहकार्य थियो। नेकपा गठन भएपछि विभाजन भयो। एमाले र माओवादी केन्द्रको एकता खारेज भयो। दुवै पार्टी अलग अलग भए। अहिले एमालेसमेत विभाजित भएको छ।
एमाले विभाजित नहुनुमा मुख्य कारण नै निर्वाचनका बेला भएको टिकट वितरण हो। कास्कीमा एमालेभित्रै पनि माधवकुमार नेपाल खेमा अलिअलि थियो। नेपालको पक्षमा खुलेका नेताहरूले २०७४ को निर्वाचनमा टिकट पाएनन्। अधिकांश अध्यक्ष केपी ओली निकट नेताहरूले निर्वाचन जितेकाले अहिलेको विभाजनमा नेपाल समूहतिर लाग्ने जनप्रतिनिधि कम भएका हुन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
