FLASH NEWS
  • Loading...

पोखरामा भारी वर्षाका कारण घरहरु भत्किदा ३ को मृत्यु, १ बेपता, ५ घाइते

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४३१ पटक पढिएको
पोखरामा भारी वर्षाका कारण घरहरु भत्किदा ३ को मृत्यु, १ बेपता, ५ घाइते

पोखरामा भारी वर्षाका कारण पहिरोमा परेर तीन जनाले ज्यान गुमाएका छन् । लगातारको वर्षापछि भएका छुट्टाछुट्टै तीन घटनामा थप एक जना बेपत्ता भएका छन् भने पाँच जना घाइते भएका छन् ।

बुधबार बेलुकीदेखि लगातार परेको वर्षाका कारण घर पछाडिबाट पहिरो आउँदा पोखरा १० रामबजारमा भञ्ज्याङ नमुना टोल स्थित ४२ वर्षीय लक्ष्य नेपालीको ब्लकले बनेको घर भत्कँदा नेपालीको मृत्यु भएको छ।

घटनापछि नेपालीलाई उद्धार गरी उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लागिएकोमा राति १ : २८ मा मृत्यु भएको भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुवास हमालले जानकारी दिनुभयो । घटनामा नेपालीकी १४ वर्षीया छोरी सृष्टि नेपाली घाइते भई मणिपालमा उपचार भएकोमा बिहान ५ बजे डिस्चार्ज भएको प्रवक्ता हमालले बताउनुभयो। नेपालीकी श्रीमती र २ छोराहरूलाई सकुशल उद्धार गरी पोखरा ११ फूलबारी स्थित मामाको घरमा पठाइएको छ ।

त्यस्तै, भारी वर्षाकै कारण पोखरा २० भलाममा ब्लकले बनेको एक तले घर पहिरोले पुर्दा घरधनी ४५ वर्षीय कृष्णकुमार श्रेष्ठको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भएको प्रवक्ता हमालले जानकारी दिनुभयो ।

दुर्घटनामा उहाँकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको घटनास्थलमै ज्यान गएको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन्। घटनामा अर्का ९ वर्षीय छोरा राजकुमार श्रेष्ठको टाउकोमा चोट लागेको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता हमालका अनुसार बेपत्ता सन्तोषको हाल खोजी कार्य भइरहेको छ ।

वर्षाकै कारण घर माथिबाट पहिरो आई घर पुरिन जाँदा पोखरा ११ बसेरीका एकदेव तिमिल्सिना, उहाँकी श्रीमती ३८ वर्षीया रितु तिमिल्सिना र छोरा १९ वर्षीय गिरीष तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल