FLASH NEWS
  • Loading...

अमेरिकी सेना फर्किएपछि अफगानिस्तान पुगे अलकायदा प्रमुख

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २६५ पटक पढिएको
अमेरिकी सेना फर्किएपछि अफगानिस्तान पुगे अलकायदा प्रमुख

अलकायदा प्रमुख अमीन उल हक २० वर्षपछि अफगानिस्तान फर्केका छन्। 

अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएलगत्तै अलकायदा प्रमुख  अफगानिस्तान फर्केका हुन्।

अमेरिकी सेनाको तैनाथी पछि पाकिस्तान पुगेका उनी ओसामा बिन लादेनका बिश्वास पात्र एवम् सहयोगी मानिएका थिए। ओसामा बिन लादेनको मृत्यु पछि अलकायदाको कमाण्ड सम्हालेका उनलाई अफगानिस्तानको आफ्नो गृह जिल्ला नांगहार फर्कदा उनका सयौं समर्थकरुले फुलमाला सहित स्वागत गरेका छन्।

अमेरिकाले सन् २००१ मा जारी गरेको आतंकवादीको सूचीमा अमीनको नाम पनि सामेल थियो। अमीन अफगानिस्तान फर्केपछि त्यहाँ अलकायदाको पकड बलियो हुन सक्ने आंकलन गरिएको छ।