- Loading...
नेपालका आठ पूर्वसेनापतिलाई भारतको निम्तो, उद्देश्य अस्पष्ट,
- पुनहिल डट कम
- ३ साल अघि
- १४८ पटक पढिएको

भारतीय सेनाले नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरुलाई दिल्लीमा एकैसाथ भेला गर्ने भएको छ।
नेपाल र भारतका बीच लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा विवाद चर्किएयता दुई देशका बीच निकै खटपटपूर्ण सम्बन्ध रहँदै आएको सन्दर्भमा नेपालका सबै भूतपूर्व प्रधानसेनापतिहरु भारतीय सेनाले यसरी एकैसाथ निम्त्याउनुलाई अर्थपूर्ण हेरिएको छ।
सैनिक स्रोतका अनुसार, हालसम्म जीवित सातजना भूतपूर्व प्रधानसेनापतिहरु र यसै महिनाको २४ गतेदेखि भूतपूर्व हुन लागेका सेनापतिलाई समेत गरेर आठैजनालाई भारतीय सेनाले औपचारिक निम्तो गरेको छ । यही सेप्टेम्बरको १७ र १८ तारिक दिल्लीमा भारतीय सेनाको विशेष कार्यक्रम भन्दै सबैलाई निम्तो दिइएको हो।
भारतीय सेनाको निम्तोलाई पूर्वप्रधानसेनापतिहरु धर्मपालबरसिंह थापा, प्यारजंग थापा, रुक्मांगद कटवाल, गौरवसमशेर राणा र राजेन्द्र क्षेत्रीले स्वीकार गरी आफूहरु सहभागी हुने जानकारी दिएको सैनिक स्रोतले जनाएको छ।
प्रज्वल्लसमेशर राणाको स्पष्ट भइनसकेको तर छत्रमानसिंह गुरुङ र भदौ २४ गतेदेखि भूतपूर्व हुन लागेका हालका सेनापति पूर्णचन्द्र थापाले आफू हाललाई सहभागी हुन नसक्ने जानकारी पठाएका छन्। ‘पूर्वसेनापति कटवालले सहभागिता जनाउने भने पनि हाल उनी अमेरिका भ्रमणमा छन्, त्यतिबेलासम्म उनी फर्कन्छन् कि फर्कन्नन् यकिन भएन’, सैनिक स्रोतले भन्यो।
नेपालमा भारतको सुरक्षा चासो निकै गहिरो छ र उसले सैनिक सम्बन्धमा जोड दिँदै पनि आएको छ। तर, भूतपूर्व सेनापतिहरु जम्मा गरेर उसले नेपाल सरकार नेपाली सेनाको नयां नेतृत्वलाई दिन खोजेको सन्देश के हो ? भन्ने चाहिँ स्पष्ट भइसकेको छैन। नेपालले भारतबाहेक तेस्रो मुलुकसँग नेपाली सेनाका लागि अत्याधुनिक हतियार खरिद गरेकोमा प्रायजसो गुनासो र कहिले काहीं आपत्ति प्रकट गर्दै आएको छ।
पूर्वसेनापति गौरवसमशेर जवराको पालामा नेपाली सेनाले इजरायलबाट अत्याधुनिक मानिएको गलिल हतियार खरिद गरेको थियो भने पूर्वसेनापति राजेन्द्र क्षेत्रीको कार्यकालमा नेपाली सेनाले इजरायलबाटै अति आधुनिक हतियार टेवोर खरिद गरेको थियो । त्यसपछि अमेरिकाबाट पनि एम १६ हतियार नेपाली सेनाले खरिद गरेको छ।
तर, भारत सरकार र भारतीय सेनाले भने सैनिक कुटनीति र अन्य माध्यमबाट पनि नेपाललाई अरु मुलुकबाट हतियार नकिन्न र चाहिएको हतियार भारतीय सेनाले नै दिनसक्ने भन्दै आएको अवस्था छ।
त्यसैगरी उत्तरी छिमेकी मुलुक चीनको सेनासँग नेपाली सेनाले ज्वाइन्ट मिलिटरी एक्सरसाइज नेपालमै गराउने गरेको कुराप्रति पनि भारतीय सेनाले विभिन्न माध्यमबाट असन्तुष्टि प्रकट गर्दै आएको छ।
भारतको सत्ता पक्ष नेपाली राजनीतिक दल र नेताहरुले नेपालमा भारतविरोधी भावना बढ्ने गरी भारतको विरोध नगरुन् भन्ने चाहान्छन् र त्यसो गर्ने नेताहरुलाई नेपाली सेनाले दुईपक्षीय सम्बन्धमा आघात पर्ने कारण देखाएर सचेत गराओस् भन्ने भारतीय चाहना रहने गरेको छ।
नेपाल सरकारसँग सम्बन्ध जटिल बनेको बेला नेपाली सेना र भारतीय सेनाका बीच सम्बाद अघि बढाएर राजनीतिक तहलाई दवाव दिने र दुईदेशका बीचको जटिलतालाई सरलीकृत गर्ने कार्य पनि हुँदै आएको छ।
पछिल्लो उदाहरणका रुपमा सन् २०१५ को भारतीय नाकावन्दीका बेला नेपाली सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सैन्य कुटनीतिका माध्यमबाट भारतीय सेनासँग समन्वय गरी नाकाबन्दी हटाउन उल्लेख्य भूमिका खेलेका थिए।
त्यसैगरी भारतीय सेनापति मनोजमुकुन्द नरभणेले नेपालविरुद्ध अभिव्यक्ति दिँदै नेपाललाई चीनले प्रयोग गरेको आरोप लगाएर दुई देश र सेनाका बीच सम्बन्धमा दरार आएका बेला हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले सैन्य कुटनीतिकै माध्यमबाट भारतीय सेनापतिलाई आफ्नो नेपालविरोधी भनाइ आफैंले सच्याउनु पर्ने अवस्था सिर्जना गराएका थिए। नरभणेले देहरादुनको एउटा कार्यक्रममा बोल्दै नेपालप्रति सद्भावपूर्ण कुरा बोलेर पुरानो भुल सच्याउनु परेको थियो।*डिसीनेपालमा समाचार प्रकाशित छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
