FLASH NEWS
  • Loading...

नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठन म्याग्दीको अध्यक्षमा दिपक जिसी

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११३ पटक पढिएको
नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठन म्याग्दीको अध्यक्षमा दिपक जिसी

नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठन म्याग्दीको अध्यक्षमा दिपक जिसी चयन भएका छन । एमालेमा निकट पुर्व सैनिक तथा प्रहरीहरुको भेलाले जिसीलाई संगठनको अध्यक्ष चयन गरेको हो । त्यसैगरी संगठनको उपाध्यक्षमा धर्मराज बानियाँ, सचिवमा रमेश फगामी, कोषाध्यक्षमा पुर्ण बहादुर जिसी, सह– सचिवमा सुर्यबहादुर केसी र सह–कोषाध्यक्षमा तोरण बहादुर बुढाथोकी लाई चयन गरीएको नवनिर्वाचित सचिव रमेश फगामीले बताए । 

त्यस्तै समितिकाे सदस्यहरुमा तिलक पुन, तोरण बहादुर बुढाथोकी, कुल बहादुर घर्ती मगर, खुमबहादुर थापा, दलबहादुर भण्डारी, सुन्दर स्याम बिक, भिमबहादुर खत्री र तिलक प्रसाद श्रेष्ठलाई चयन भएका छन ।