- Loading...
बेनी नगरपालिकाद्धारा कर्मचारीको समायोजनका लागि विद्येयक पारित
- पुनहिल डट कम
- ३ साल अघि
- २३४ पटक पढिएको

बेनी नगरपालिकाकाे मंगलवार सम्पन्न विशेष नगर सभाले स्थानीय सेवाका कर्मचारीको तह बृद्धी गरी समायोजन र माथिल्लाे याेग्यता नपुगेका स्थानीय कर्मचारीकाे ग्रेड बृद्धि गर्न विद्येयक पारित गरेको छ ।
बिशेष नगरसभाले स्थानीय सेवामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मत रुपमा पारित गरेको हो ।
स्थानीय निकाय सेवामा प्रवेश गरि हालसम्म स्थायी रुपमा कार्यरत कर्मचारीहरुको समायोजन नभएको र २०७४ सालदेखि विज्ञापन र बढुवा नहुँदा कर्मचारीको बृत्ति विकास अबरुद्ध भएको तथा नगरपालिकाले कर्मचारी समायोजन ऐन २०७५ को दफा ६ को उपदफा ४ समेतलाई आधार मानेर विद्येयक ल्याएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।
विद्येयक पारित भएसंगै स्थानीय सेवामा कार्यरत रहेका साविकका नगर सेवा र अन्य स्थानीय निकायबाट सरुवा भएर नगरपालिकामा पदस्थापन भएका कर्मचारीहरुको तह तथा ग्रेड बृद्धि हुने भएको छ । विद्येयक बमोजिम, सहायकस्तर चौथोको सहायकस्तर पाँचौमा, सहायकस्तर पाँचौको अधिकृतस्तर छैटौँ र अधिकृतस्तर छैठौँको अधिकृतस्तर सातौँमा तह बढुवा सहितको समायोजन हुनेछ ।
त्यसैगरि कम्तीमा ५ बर्ष स्थायी रुपमा कार्यरत र न्यूनतम शैक्षिक योग्यता नपुगेका स्थानीय सेवाका कर्मचारीहरुको हकमा सहायकस्तर चौथो र सहायकस्तर पाचौँको तह बढुवा नहुने र दुई/दुई ग्रेड थप हुने प्रवन्ध गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
