- Loading...
गुमनाम गायिका, स्वरले राख्यो नयाँ रेकर्ड
- पुनहिल डट कम
- ३ साल अघि
- १८५ पटक पढिएको

गायिका विष्णु माझीको स्वरमा सार्वजनिक गीत ‘चरी जेलैमा’ले १३ दिनमा युट्युबमा १ करोड भ्यूज पाएर रेकर्ड राखेको छ। योसँगै प्रकाश सपूत र अस्मिता अधिकारीको गीतले १५ दिनमा १ करोड भ्यूज पाएको रेकर्ड तोडिएको छ।
गीत सार्वजनिक भएसँगै पुनः उनको अवस्थाको बारेमा चर्चा शुरु भएको छ। कतिपयले ‘चरी जेलैमा’ गीत उनकै यथार्थता त होइन भनेर प्रश्न गरीरहेका छन्।
विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत १५ वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।
विष्णु माझीको विवाह गायक तथा संगीतकार सुन्दरमणि अधिकारीसँग २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा भएको थियो । विष्णु माझी दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् ।
विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन् ।
विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुमनाम छिन् । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् । विष्णु माझीले एउटा गीतका लागि एक लाख रुपैयाँ लिन्छिन् । माझीले १ महिनामा ५ देखि ७ वटासम्म गीतमा स्वर दिने गरेकी छिन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
