- Loading...
पाठक घटेपछि ‘पुस्तकालय जाऔं’ अभियान
- पुनहिल डट कम
- ३ साल अघि
- १३४ पटक पढिएको

पुस्तकालयमा पाठक संख्या घट्रदै गएको अवस्थामा म्याग्दी सामुदायीक पुस्तकालयले मंगलवार पाठक कक्षमै १५ औं पुस्तकालय दिवस मनाएको छ । पुस्तकालय दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले प्रहरी निरीक्षक विरेन्द्र गुरुङ्ग मार्फत हिरासतमा रहेका आरोपितकालागी पुस्तक उपलब्ध गराएको छ ।
राजनैतिक नेता, कार्यकर्ता र सामाजिक अगुवाहरुमा पठन संस्कृति हराउँदै गएको र सामाजिक संञ्जालको भरमा धारणा बनाउनेको बढेपछि पुस्तकालयले मंगलवारदेखी म्याग्दी पुस्तकालयले सामाजिक अगुवा र कर्मचारीलाई लक्षित गरी ‘पुस्तकालय भिजिट’ कार्यक्रम पनि थालेको छ ।
पाठकको आर्कषण फर्काउन म्याग्दी पुस्तकालयले संभावित पाठकको खोजी र रुची पहिचान गर्न विभिन्न कार्यक्रम थालेको छ । त्यही मध्य अर्को कार्यक्रम हो, कारागार र हिरासतमा रहेका कैदीवन्दी र थुनुवासँग पुस्तक कार्यक्रम ।
‘हात–हातमा स्क्रिन टल डिजिटल अक्षर पुगे । गुगल जस्तो सर्च इन्जिनमा अथाह सामागग्री उपलब्ध हुने भएपछि धेरै पाठक त्यतै आर्कषित हुन थाले । फेसवुक, टिकटक जस्ता सामाजिक संजालले गर्दा युवा वर्ग मात्र होईन पुस्तकका पाका पाठकलाई पनि किताव पढ्न अल्छी बनाउँदै लगेको छ’ म्याग्दी सामुदायी पुस्तकालयका अध्यक्ष सन्तोष रावलले भने, ‘डिजिटल प्लेट फर्ममा चाहेको सामाग्री पाईने र डिजिटल पुस्तक नै इन्टरनेटमा पाईने भएपछि पुस्तकालयले पनि फरक पाठक खोज्न थालेका छौं । फुर्सदिला कैदीवन्दी र थुनुवाहरु, पुस्तकालयका नियमित पाठक भएका छन ।’
रावलले थपे, ‘०६० सालमा माओवादीले बेनी आक्रमण गर्दा यो पुस्तकालय पनि चेपुवामा पऱ्यो । पुस्तकालय जल्यो । सवै नष्ट भयो । विभिन्न श्रोत खोजेर पुस्तकालयको भवन बनायौं, पुस्तक, कम्प्युटर समेत सामाग्री जोड्यौं’ उनले भने, ‘यतिका काम गर्न ब्याज सहित ४५ लाख ऋण पुग्यो । अहिले सवै तिऱ्यौं । अव म्याग्दी पुस्तकालय आर्थिक रुपमा बचत तर्फ गएको छ पाठक र साहित्यीक गतिविधीमा पनि बढाउछौं ।’
विस २०२७ सालमा स्थापान भएको म्याग्दी सामुदायीक पुस्तकालयमा पुगेर अध्ययन गर्ने पाठक संख्या बर्षेनी घट्दो छ । १० हजार ५ सय बढी पुस्तक अटेको म्याग्दी सामुदायीक पुस्तकालयमा अधिकांश समसामयीक नेपाली साहित्यका पुस्तक छन् । अंग्रेजी भाषा र हिन्दी साहित्यका पुस्तक धेरै रहेका छन् । दर्शन, राजनिती, धर्मशास्त्र लगाएत विविध विधाका पुस्तक पनी प्रयाप्त छन् । तर यी विधाका पुस्तक पढ्ने पाठक करिव शुन्य छन् ।
‘लोकसेवा र हाँजिरी जवाफ तयारीका कर्मचारी, विद्यार्थी मुस्किलले ५ जना छन । बाँकी फेसवुक र युट्युव चलाउने मात्र हुन’ लाईव्रेरियन भुजु केसी कटुवालले भनिन, ‘पुस्तकालयका आजिवन सदस्य मात्र होइन, पुस्तकालय संञ्चालक समेत दिवस मनाउन मात्र आउँछन । त्यैपनि सवै आएका छैनन ।’
पुस्तकालायको अभिलेख अनुसार कैदीवन्दी बाहेक दैनिक १०–१२ जना पाठक पुस्तकालय पुग्छन । पुस्तकालयले इ–लाईव्रेरी पनि चलाएको छ तर यहाँ पुस्तक पढ्ने भन्दा युट्युवमा भिडियो/फिल्म हेर्न आउँछन । कर्मचारी लोकसेवाको र हाँजिरी जवाफ तयारीमा आउने साहित्यकारको नाम, जन्ममिती र कृती प्रकाशन मिती हेर्ने बढी छन् । एकदुई जना पत्रपत्रिका पढ्न आउने गर्छन् । पुस्तकालयमा दश हजार तिन सय ३२ पुस्तक छन् । पुस्तक मध्य अधिकांश नेपाली साहित्यका छन् ।
पुस्तकालयले अध्ययन कक्ष बाहेक, बालकक्ष, श्रब्य–दृष्य, संगित, खेलकुदका सामाग्री पनि उपलब्ध छ । इन्टरनेटबाट आवश्यक सूचना खोज्न र प्रिन्ट गर्न पुस्तकालयले छुट्टै २ वटा कम्प्युटर राखेको भएपनि उपयोगमा आएका छैनन ।
‘पुस्तक पढ्ने संस्कृति हराउँदै गएको छ । आफ्नै पढ्ने बानी घट्दो छ’ दिवस मनाउन पहिलो पटक म्याग्दी पुस्तकालय पुगेका प्रजिअ अधिकारीले भने, ‘ज्ञान आर्जनको शैली फेरियो तर महत्व घटेको छैन । कोरोना महामारी, लकडाउन र मनसुनजन्य विपतका कारण नजिकै भएपछि आउन पाईन, अव आउँछु ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
