- Loading...
तुइन घटनामा पन्छियो छानबिन समिति
- पुनहिल डट कम
- ३ साल अघि
- १२२ पटक पढिएको

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ‘तुइन खुस्काइदिएपछि’ महाकाली नदीमा खसेर नेपाली युवा बेपत्ता भएको घटनास्थल भारतीय भूमिमा भएको र अनुसन्धानका लागि सबुत प्रमाण फेला नपरेको भन्दै छानबिन समिति पन्छिएको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले एक महिना लगाएर गरेको छानबिनमा ‘घटनास्थल भारतीय भूमि गस्कु भएकाले उक्त घटनाको नेपालतर्फबाट औपचारिक अनुसन्धान गर्न कानुनी जटिलता रहेको’ निष्कर्ष निकालेको हो । सरकारी उच्च स्रोतका अनुसार यही निष्कर्षका साथ प्रतिवेदन लेखनलाई अन्तिम रूप दिएर गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाउने तयारीमा समिति छ ।
सोमबार सार्वजनिक बिदा भएका कारण मंगलबार चौथो पटक बढीमा तीन दिन समय तोकेर म्याद थप गर्न लागिएको र यस पटक थपिएको समयभित्रै प्रतिवेदन बुझाइसक्न निर्देशन दिइएको छ । लाखौं रुपैयाँ खर्च हुने गरी भएको सरकारी छानबिन समितिको यो निचोडसँगै ‘एसएसबीका जवानले तुइनको लट्ठा खुस्काइदिएपछि’ नदीमा खसेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीका परिवारले न्याय पाउने र अपराधमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने सम्भावना कमजोर बनेको हो ।
‘तुइन घटनाको अपराधस्थल भारतीय भूमि हो, यसमा शंकै रहेन, घटना अन्तर्राष्ट्रिय सीमापारि भएका कारण नेपालतर्फबाट औपचारिक अनुसन्धान गर्न कानुनी रूपमै कठिन भयो,’ स्रोतले भन्यो, ‘यस घटनामा भारतीय पक्षबाट अनुसन्धान हुनुपर्थ्यो, त्यसमा हाम्रो पक्षबाट अनुसन्धानमा सहयोग गर्ने कुरा आउँथ्यो तर उताबाट अनुसन्धान नभएपछि दोषीको पहिचान गर्ने विषय निकै जटिल बन्यो ।’
अब प्रतिवेदन सरकारले बुझेपछि ‘त्यसका आधारमा कूटनीतिक तवरबाट मात्र सत्यतथ्य पत्ता लागेमा एउटा कुरा हो, नत्र यो घटनाका आरोपित कारबाहीको दायरामा आउने सम्भावना न्यून रहेको’ स्रोतले बतायो ।
‘यसअघि क्रसबोर्डर क्राइम हुँदा दुवै पक्षले अपराधीको खोजबिन गरी कारबाहीको दायरामा ल्याउन गम्भीर रूपमा अनुसन्धान गरिन्थ्यो,’ एक सुरक्षा अधिकारीले कान्तिपुरसँग भने, ‘क्रसबोर्डर क्राइममा यता अपराध गरेर भारत पुगेका नेपाली भए अनौपचारिक रूपमै हामीलाई हस्तान्तरण गर्ने र उता अपराध गरेर यता लुकेका भारतीयलाई पनि त्यहीअनुसार डिल गर्ने अभ्यास यस पटक भएन, जसले गर्दा तुइन घटनाको अनुसन्धान नै अन्योलमा पर्यो ।’ तर, गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानबिन समितिको प्रतिवेदन बुझेपछि मात्रै यस विषयमा सबै कुरा जानकारी गराइने बताए ।
दार्चुलाको व्यास गाउँपालिका–२, मालघाटका ३३ वर्षीय जयसिंह धामी साउन १५ गते तुइनबाट भारतको गस्कु हुँदै सदरमुकाम खलंगा जाने क्रममा महाकाली नदीमा खसेका थिए । मालघाटबाट गस्कु जाने क्रममा महाकाली तर्न केही दूरी बाँकी छँदा एसएसबीका जवानले लट्ठा खुस्काएपछि धामी भेलमा खसेको प्रत्यक्षदर्शीले बताएका थिए । तर, घटनापछि बेपत्ता धामीको अवस्था अझै अज्ञात छ भने अपराधमा संलग्नको पनि अत्तोपत्तो छैन । यसको खोजबिनका लागि भारतीय प्रशासनले पनि असहयोग गरेको छ । घटनापछि भारततर्फ तुइनको लट्ठा हराएको छ । नेपालतर्फको तुइनको आधा भाग प्रहरीले बरामद गरे पनि थप अनुसन्धान भएकै छैन ।
गस्कुतर्फ तुइन टाँगिएको ठाउँको न कुनै वैज्ञानिक अनुसन्धान र क्राइम सिन सुरक्षित राख्न पहल भयो न क्राइम सिनमा भेटिन सक्ने सम्भावित प्रमाणको खोजबिन । घटनाको दुई दिनपछि साउन १७ मा गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभाग अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी सम्मिलित छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन समय दिएका थिए । तर, तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि त्यसयता तीन पटक गरी २१ दिनको समय बढाइएको थियो । छानबिन समितिसँगको अनौपचारिक परामर्श र सुझावपछि भदौ १० मै गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले बेपत्ता रहेका धामीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । *इकान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
