FLASH NEWS
  • Loading...

गुमनाम गायिका, स्वरले राख्यो नयाँ रेकर्ड

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९२ पटक पढिएको
गुमनाम गायिका, स्वरले राख्यो नयाँ रेकर्ड

गायिका विष्णु माझीको स्वरमा सार्वजनिक गीत ‘चरी जेलैमा’ले १३ दिनमा युट्युबमा १ करोड भ्यूज पाएर रेकर्ड राखेको छ। योसँगै प्रकाश सपूत र अस्मिता अधिकारीको गीतले १५ दिनमा १ करोड भ्यूज पाएको रेकर्ड तोडिएको छ।

गीत सार्वजनिक भएसँगै पुनः उनको अवस्थाको बारेमा चर्चा शुरु भएको छ। कतिपयले ‘चरी जेलैमा’ गीत उनकै यथार्थता त होइन भनेर प्रश्न गरीरहेका छन्।

विष्णु माझीको जन्म चापाकोट, स्याङ्जा जिल्लामा भएको थियोे । उनी हाल नेपालको चर्चित तथा उत्कृष्ट लोक गायिकाहरू मध्ये एक हुन् साथै उनी नेपालमै सबै भन्दा बढि पारीश्रमिक लिएर गीत गाउने महँगी गायिका हुन । उनी नेपाली संगीत जगतमा बिगत १५ वर्ष देखि सक्रिय छिन । नेपाली संगीत जगतमा उनको नेपाली सांगीतिक क्षेत्रमा ठुलो योगदान छ । उनी एक कामप्रति जिम्मेवार राख्ने नेपाली लोक दोहोरी गायिका हुन् ।

विष्णु माझीको विवाह गायक तथा संगीतकार सुन्दरमणि अधिकारीसँग २०६८ साल मंसिर २९ गते पोखराको राम मन्दिरमा भएको थियो । विष्णु माझी दुई जुम्ल्याहा सन्तानकी आमा समेत हुन् ।

विष्णु माझीको हालसम्म एउटामात्र तस्बिर सार्वजनिक भएको छ । जताततै त्यही एउटै तस्बिर प्रयोग भैरहेको छ । उनका समर्थकले उनको फोटो खोजे भने त्यही एउटा तस्बिर मात्र फेला पार्न सक्छन्  ।

विष्णु माझी नेपाली लोक दोहोरी क्षेत्रकि सबैभन्दा महंगो गायिका हुन् तर उनी बाहिरी कुराहरूबाट गुमनाम छिन् । उनले एउटा लोकगीतमा स्वर दिएबापत जति पारिश्रमिक लिन्छिन् त्यो अहिलेसम्म कसैले लिएका छैनन् । विष्णु माझीले एउटा गीतका लागि एक लाख रुपैयाँ लिन्छिन् । माझीले १ महिनामा ५ देखि ७ वटासम्म गीतमा स्वर दिने गरेकी छिन् ।