- Loading...
‘स्मार्ट लकडाउन’ काे माेडेलमा खुल्न थाले म्याग्दीका विद्यालय
- पुनहिल डट कम
- ३ साल अघि
- १४० पटक पढिएको

कोरोना संक्रमणको जोखिमवीच ग्रामिण भेगका सामुदायीक विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यार्थी भौतिक रुपमै बोलाएरै अध्यपन थालेका छन ।
ग्रामिण भेगका विद्यालयमा भच्र्युअल माध्यमबाट पढाईने अनलाईन कक्षा प्रभावकारी नभएपछि कोरोना संक्रमणको प्रभावको आधारमा लक डाउन र समुदाय सील गर्ने ‘स्मार्ट लकडाउन’ मोडालिटीलाई म्याग्दीका सामुदायीक विद्यालयले अभ्यास थालेका हुन ।
‘कोरोना संक्रमणको जोखिम र प्रभावको आधारमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको अवधारणालाई हामीले विद्यालयमा पनि अभ्यास थालेका छौं’ अन्नपूर्ण गाउँपालिकाका स्रोत ब्यक्ति भरत पुनले भने, ‘गाउँपालिकाको निर्णय अनुसार १० वटा माध्यामिक समेत सवै ३७ वटै विद्यालय खुल्ला गरी भौतिक रुपमा विद्यार्थी बोलाएर अध्ययन/अध्यापन सुरु गरेका हौं ।’ स्रोत व्यक्ति पुनले भने, ‘यतिवेला समुदायमा ५ जनाबढी कोरोना देखिएपछि तीन वटा विद्यालय बन्द छन । अरु खुल्ला ।’
अन्नपूर्ण गाउँपालिकामा मात्र होईन सवै स्थानीय तहका ग्रामिण भेगका विद्यालयहरुले भौतिक रुपमा पढाई सुरु गरेका छन । सदरमुकाम बेनीका केही निजी विद्यालयले अनौपचारिक पोसाकमा विद्यार्थी बोलाएर पढाई सुरु गरेका छन ।
‘कोरोनाको जोखिमको स्थानीय रुपमा आंकलन गरी भौतिक रुपमै पढाई सुरु गर्न भनेका छौं’ धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन, ‘जाँगरिला शिक्षक र सकृय अभिभावक रहेका वस्तीमा धमाधम विद्यालय खुल्ला गरी भौतिक रुपमा विद्यार्थी राखेर पढाई सुरु गरेका छन ।’
गाउँका विद्यालयले समेट्ने भुगोल सानो हुन्छ । जुन एउटा समुदायको एउटा विद्यालय हुने भएकोले ठूला सहरको जस्तो गाउँका विद्यालयमा जोखिम हुँदैन । फेरी समुदायमा सवै ब्यवहार खुल्ला हुने तर त्यही समुदायका वालवालिका रहने विद्यालय बन्द गर्नुको औचित्य नभएको स्थानीय सरकार र अभिभावकको समान बुझाई छ ।
जिल्लाका ग्रामिण भेगका अधिकांश सामुदायीक विद्यालयमा विद्यार्थी संख्या अति न्यून रहेको छ । मावि तह संञ्चालन भएका अधिकांश विद्यालयमा एक सय ५० जनाको हाराहारीमा विद्यार्थी छन । एउटा कक्षा कोठामा २०–२५ जना बढी विद्यार्थी नभएकोले कोरोना भाईरसको सकृय सक्रमण नभएको क्षेत्रमा विद्यालय खोल्न उपयुक्त हुने अभिभावकको पनि तर्क छ ।
‘शिक्षक, विद्यार्थी र समुदायमा संक्रमण देखिए वन्द गर्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गराई भौतिक रुपमै विद्यार्थी राखेर अध्ययन/अध्यापन सुरु गर्न भनेका छौं’ मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले भने, ‘विद्यालयमा विद्यार्थी संख्या न्युन छ । समुदायमा कोरोना संक्रमण पनि देखिएको छैन । भने विद्यार्थीको पढाई किन वन्द गर्ने ? जोखिमको आँकलन गरी ब्यवस्थापन समितीले स्कुल खुलाउने भनेका हौं ।’
न्यून विद्यार्थी भएको, पातलो वस्ती भएका स्थानका विद्यालय पुरै खुल्ला गरेपनि गाउँपालिका केन्द्र रहेका अलि बढी विद्यार्थीको चाप भएका विद्यालयले भने विद्यार्थीको जोरविजोर रोल नम्बरको आधारमा विद्यार्थी वोलाई कक्षा संञ्चालन गरेका छन । केही विद्यालयमा सवै विद्यार्थी आउँदा भीड हुने भन्दै वार अनुसार कक्षा चलाएका छन ।
‘विद्यालयमा मुस्किलले ५० जना विद्यार्थी छैन । कक्षा कोठामा डेस्क वेन्च भन्दा थोरै विद्यार्थी छन । समुदायमा न कोरोना देखिएको छ, न सामाजिक दुरी कायम भएको छ । किन विद्यालय मात्र बन्द गर्नु भनेर भौतिक रुपमा खुल्न थालेका छन’ रघुगंगा गापाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले भने, ‘कोरोना संक्रमण रोकथाममा पनि सरकारले स्मार्ट लकडाउनको अवधारणा लिएको छ ।’
ग्रामिण भेगका विद्यालयमा भौतिक रुपमै अध्ययन अध्यापन सुरु भएपनि सदरमुकाम बेनीका विद्यालयहरु भने अझै खुलेका छैनन । भच्र्युअल माध्यमबाटै अनलाईन कक्षा चलाएका छन । अनलाईन कक्षा संञ्चालन गरिएको भने पनि यी प्रभावकारी देखिएका छैनन । लकडाउन पछि घर फर्केका विद्यार्थी पुन: स्कुलको सम्पर्कमा आएका छैनन । केही अभिभावकको वुझाईमा अनलाईन कक्षा शुल्क उठाउने माध्यम मात्र भएको छ । तर केही निजी विद्यालयले भने अनौपचारिक पोसाकका विद्यार्थी बोलाएर पठाउन थालेका पनि छन ।
‘हामीले भच्र्युअल माध्यमबाटै अनलाईन पढाई गरेका छौं । तर अनलाईन कक्षा भौतिक कक्षाको तुलनामा कम प्रभावकारी देखिएको छ । हाम्रो विद्यालयमा बहु समुदायबाट धेरै विद्यार्थी आउने भएकोले तत्काल भौतिक रुपमा विद्यालय खुल्ने अवस्था छैन’ सदरमुकाम स्थित प्रकाश माध्यामिक विद्यालयका प्रध्यानअध्यापक हरीकुष्ण सुवेदीले भने, ‘अनलाईन कक्षालाई सकेसम्म प्रभावकारी बनाउने प्रयासमा छौं । हाम्रोमा मात्र होईन, अनलाईन पढाई गर्दा कामचोर शिक्षक र अल्छी विद्यार्थीकालागी ‘लाईन गयो, नेट स्लो भो’ भन्ने जज्वव वाहान हुने रहेछन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
