- Loading...
अफगानिस्तानको सत्ता तालिबानको हातमा आएको एक हप्ता नबित्दै तालिबानविरुद्ध सशस्त्र विद्रोह सुरु, ब्युँतियो ‘नर्दर्न एलायन्स’
- पुनहिल डट कम
- ३ साल अघि
- १७८ पटक पढिएको

अफगानिस्तानको सत्ता तालिबानको हातमा आएको एक हप्ता नबित्दै तालिबानविरुद्ध सशस्त्र विद्रोह सुरु भएको छ । दिनहुँ बढिरहेको तालिबानी ज्यादतीविरुद्ध २५ वर्ष पुरानो नर्दर्न एलायन्स फेरि एकजुट भएको छ । १९९६ मा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि नर्दर्न एलायन्सको स्थापना गरिएको थियो । यो संगठन २००१ मा अमेरिकासहितको पश्चिमी सेनाले काबुलबाट तालिबानलाई विस्थापित गर्दासम्म सक्रिय थियो ।
तालिबानले अहिलेसम्म पूरै अफगानिस्तानमा कब्जा गर्न सकेको छैन । उत्तर पूर्वी अफगानिस्तानको पंजशीर प्रान्तमा अहिलेसम्म तालिबानले कब्जा गर्न सकेको छैन र यही प्रान्तबाट तालिबानविरुद्ध विद्रोह सुरु भएको छ । पंजशीर नर्दर्न एलायन्सको आधार इलाका हो र यो संगठन यो प्रान्तमा निकै शक्तिशाली छ ।
कुनै समय ‘पंजशीरका सिंह’ भनिने अहमद शाह मसूदका छोरा अहमद मसूदले अहिले अमेरिकासँग सहयोग मागेका छन् । मसूदले वाशिङटन पोस्टलाई दिएको एक अन्तरवार्तामा आफूसँग तालिबानसँग लड्ने लडाकुको फौज भएको बताउँदै अमेरिकाले आफ्नो संगठनलाई हतियार र गोलाबारुद आपूर्ति गर्नुपर्ने बताएका छन् ।
तालिबानविरुद्ध विद्रोहमा उत्रिएका लडाकुहरुलाई पंजशीरमा प्रशिक्षण दिइँदैछ । यो क्षेत्र अहमद शाह मसूदको हो । अफगानिस्तानका अपदस्थ उपराष्ट्रपति अमरुल्लाह सालेह पनि अहिले यहीँ छन् । तालिबान विरोधी फौजहरु पंजशीरमा जम्मा भइरहेका छन् । यसमा अफगानिस्तानका वार लर्ड भनिने जनरल अब्दुल रशीद दोस्तम, अता मुहम्मद नूरका सैनिक र अहमद मसूदको फौज पनि छन् ।
यी फौजले पनि आसपासका क्षेत्रहरु कब्जा गर्दै पूरै अफगानिस्तान कब्जा गर्ने नीति लिएका छन् । तर, यी फौजसँग तालिबानसँग लड्न अत्याधुनिक हतियार छैनन् । पंजशील अफगानिस्तानको एकमात्र यस्तो क्षेत्र हो जो तालिबानको कब्जामा छैन । अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेह पनि पंजशीरकै हुन् ।१९९६ मा तालिबानले सालेहका दिदीबहिनीहरुको हत्या गरिदिएका थिए ।
बुधबार पंजशीरमा नर्दर्न एलायन्सको झण्डा फहराएर तालिबानविरुद्ध विद्रोहको उद्घोष गरियो । यहाँ २००१ पछि पहिलो पटक नर्दर्न एलायन्सको झण्डा फहराइएको हो । पंजशीर यस्तो क्षेत्र हो जहाँ यसअघि सोभियत संघले पनि कब्जा गर्न सकेको थिएन । १९८० मा सोभियत संघले पंजशीरमा आक्रमण गरेको थियो तर सफल हुन सकेन ।
अहमद मसूदले अमेरिकासँग आफ्ना लडाकुहरुलाई समर्थन गर्न अपिल गरेका छन् । उनले भनेका छन् ‘म मेरा पिताको मार्गचित्रमा हिँड्न चाहन्छु जसमा अमेरिकाले सहयोग गर्न सक्छ ।’ अहमद शाह मसूद अफगानिस्तानका रक्षा मन्त्री रहिसकेका छन् । उनले नर्दर्न एलायन्सको नेतृत्व गरेका थिए । पंजशीरको जनसंख्या १ लाख ७२ हजारजति छ । पंजशीरको बनावट प्राकृतिक किल्ला जस्तै छ त्यसैले तालिबानी यहाँ आक्रमण गर्न डराउँछन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
