- Loading...
अस्ताए जनवादी गायक जेबी टुहुरे
- पुनहिल डट कम
- ३ साल अघि
- १६० पटक पढिएको

जनगायक जेबी टुहुरेको निधन भएको छ। बयोधा अस्पतालमा उपचारत उनको ७८ वर्षको उमेरमा विहिबार निधन भएको हो।
कलंकीस्थित घरमा पक्षघात भएपछि उनलाई भदौ १ गते अस्पताल पु¥याएका थिए। अस्पताल पुग्दा उनको मस्तिस्कमा रगत जमेर हातखुट्टा चल्न छोडेको अस्पतालले जनाएको छ।
उच्च रक्तचाप, मदुमेहलगायतका दीर्घरोगबाट पीडित भएका कारण उनको शल्यक्रिया हुन नसकेको अस्पतालको भनाइ छ। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिडाँडामा राखिएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने बताइएको छ।
उनका ‘वीर छोराछोरी हो’, ‘आमा दिदी बहिनी’ लगायतका थुप्रै गीतहरुले क्रान्तिकारी सन्देश दिएका छन्।
२००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जेबीले न्याय समानता र परिवर्तनको पक्षमा उभिँदै जनमत निर्माणका लागि आफ्नो आवाज दिए । माले भूमिगत हुँदा सांस्कृतिक कार्यक्रममार्फत उनले पार्टीका कुरालाई आमजनता माझ पुर्याए । जेबीको पूरा नाम जुठबहादुर खड्गी हो।
२०२१ मा बुवाको निधनपछि उनी टुहुरो बने । त्यतिबेला उनले आफूलाई वास्तवमै टुहुरो अनुभव गरे । त्यतिखेर ‘निक नेम’ राख्ने चलन पनि थियो । उनले आफ्नो नामको पछाडि ‘टुहुरे’ थपे । त्यसयता प्रगतिशील गायन क्षेत्रमा उनी टुहुरेकै नामैले चिनिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
