FLASH NEWS
  • Loading...

विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ अाफ्नै जीवनकाे भाेगाइ ?

  • पुनहिल डट कम
  • २ साल अघि
  • १४९ पटक पढिएको
विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ अाफ्नै जीवनकाे भाेगाइ ?

तीज नजिकिँदै गर्दा गायिका विष्णु माझीको नयाँ विरही गीत ‘चरी जेलैमा’ मा चर्चामा छ । गीतको प्रशंसासँगै यसले बोकेको मर्म गायिकाको निजी जीवनसँग मेल खाएको भनेर धेरैले प्रतिक्रिया जनाएका छन् ।

६ दिनअघि युट्यूवमा सार्वजनिक भएको ‘चरी जेलैमा’ गीतको सिर्जना र कम्पोजिसन विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीले गरेका हुन् । भिडियो निर्देशन पनि उनकै हो । विवाहपछि पत्नीलाई ‘पिँजडा’ मा कैद गरेर राखेको आरोप खेपिरहेका सुन्दरमणिले नै ‘चरी जेलैमा’ को सिर्जना गरी पत्नीलाई नै गाउन दिनु संयाेग मात्र मान्न श्राेता मानेका छैनन ।

सम्भावना यसैलाई मध्यनजर गरी भिडियोको सुरुमै स्पष्टीकरण दिइएको छ– ‘यस कथाका पात्रहरु सबै काल्पनिक हुन् । कसैको जीवनसँग मेल खान गएमा संयोग मात्रै हुनेछ ।’