- Loading...
एनआरएनए आईसिसि उपाध्यक्षमा बेल्जियमबाट शिव बरुवालको उम्मेदवारी घोषणा
- पुनहिल डट कम
- ३ साल अघि
- २५५ पटक पढिएको

गैरआवासीय नेपाली संघ एनारएनएका युरोपका पुर्व संयोजक शिवकुमार बरुवालले एनआरएनएको आगामी कार्यकाल सन २०२१-२०२३ कालागी उपाध्यक्ष पदमा उम्मेदवारी घाेषाणाा गरेका छन् ।
बरुवालले आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुन गैरहेको एनआरएनए आइसिसिको दशौंअन्तर्राष्ट्रिय महाधिवेशनका लागि उम्मेदवारी घाेषणा गरेका हुन।
नेपालको म्याग्दी जिल्लाका जन्म भै विगत १९ वर्षदेखी बेल्जियममा बस्दै आइरहेका बरुवालले एनआरएनए बेल्जियमको सन २००५ मा स्थापनाकालको संस्थापक सचिवालय सदस्य, महासचिव, आइसीसी सदस्य हुँदै युरोप संयोजकको रूपमा काम गरिरहेका छन् ।
एनआरएनलाई संस्थागत गर्न र संस्थालाई विधि बिधान र पद्धति अनुरूप संञ्चालन गर्न तथा राष्ट्रमा पुँजी र प्रविधी भित्राएर सुखी नेपाली समृझ नेपाल निर्माणकाे अभियानमा हातेमालाे गर्न उपाध्यक्षमा पदमा उम्मेद्वारी दिन लागेकाे बरुवालले बताए ।
जुनसुकै जिम्मेवारी पाए पनि आफ्नो परिभाषित जिम्मेवारी लाई कुशलता पुर्बक सप्पन्न गर्ने बरुवाल ले युरोप सयोजकको जिम्मेवारी सम्हालेको बेला मा युरोपको २८ वटा एनसिसिहरुलाइ हरु नेतृत्व गर्दै सबै एन सि सि हरुलाइ सबल र सक्रिय बनाउदै युरोप मा दुई दुई पटक भब्य युरोपेली सम्मेलन गरेर नेपालमा प्रबिधि, लगानी लैजाने र पर्यटन प्रवद्र्धन गर्ने कामम बरुवालले सक्रिय भूमिका निर्वाह गरेका थिए ।
‘मैले एनआरएनए को जुनसुकै जिम्मेवारी प्राप्त गरेपनि संस्थाकोे बिधानले निर्देशित गरेअनुसार राम्रोसँग पूरा गरेको छु जस्तो मलाइ लागेको छ । आगामी दिनमा पनि एनआरएनए अग्रजले सुरु गरेकोे यस अभियानमा लक्ष्य प्राप्त नगरेसम्म निरन्तर लागिरहने छु । यसपटक धेरै साथीहरूसँगकोे सरसल्लाह र सुझाब अनुसार उपाध्यक्ष पदमा उम्मेदबारी दिने निर्ण गरेको छु’, बरुवालले भने ।्
एन आर एन ए को स्थापना काल देखी नै अभियानमा सक्रिय बरुवाल एनआरएनएको अभियानलाई अझ समृद्ध र सुदृढ गरी सबै गैरआवासीय नेपाली हरुको अपनत्व हुने गरि एनआरएनको नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई अझ बलियो पार्ट्नरको रुपमा स्थापित गर्न र एक पटक को नेपाली सधै को नेपाली भन्ने एन आर एन ए को मुल मर्म लाई सार्थक बनाउन आफुले उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको उनले बताएका छन् ।
एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै एनआरएनए संस्थाप्रति दत्तचित भईलागेका बरुवाल सन २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुँदै यो अभियानमा सहभाी भएका थिए । सन् २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, सन् २०११–२०१३ मा एनआरएनए अन्तराष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्य सन २०१७–२०१९ मा एनआरएनए युरोप संयोजकमा निर्बाचित भै हाल एन आर एन अन्तर्राष्ट्रिय कमिटी को नेपाली उत्पादन प्रबर्द्धन समिति को सयोजक को हैसियतले एन आरएनएका बिभिन्न गतिविधिमा संलग्न छन् ।
उनी युरोप संयोजकमा निर्बाचित भैसकेपछि युरोप आफ्नो कार्यकालमा एनआरएन आइसिसिले सुरु गरेका हरेक कार्यक्रमदेखि एनआरएनको विभिन्न क्षेत्रमा भएका क्षेत्रीय भेलामा पनि उनले सक्रिय सहभागितामात्रै जनाएननन क्रियाशील नेतृत्वको रुपमा स्थापित समेत भए ।
बेल्जियममा विभिन्न संघसंस्थाको संस्थापक हुँदै हाल बेल्जियमका सबै क्रियाशिल संघ–संस्थाहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुँदै आफुलाई सामाजिक क्षेत्रमा स्थापित गरिसकेका उन एनआरएन र विभिन्न सामाजिक सस्थामार्फत नेपालको दुर्गम जिल्लाहरुमा विभिन्न परोपकारी काम गरिरहेका छन् ।
बेल्जियममा नेपाली सामाग्रीहरुको प्रर्वद्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीहरुको डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर सफलतापुर्वक सञ्चालन गरी कुशल व्यवसायीको परिचय दिइरहेका बरुवाल हाल बेल्जियमका ब्याबसायीहरुलाई एकीकृत गरि सामुहिक रुपमा नेपालमा जलविद्युत र कृषि र पर्यटन क्षेत्रमा लगानी भित्र्याउने काम पनि गरिरहेका छन् ।
एनआरएनका उद्दश्य अनुरुपका सबै कार्यमा बरुवालले आफुलाइ संलग्न गराएको र आफ्नो जिम्माको काम अतिनै लगनशीलताका साथ सम्पन्न गर्ने भएकाले उनी आगामी एनआरएनएको कार्यकालको लागि पनि सबैको प्रिय र सक्षम उम्मेदवारको रुपमा परिचित छन् ।
प्रबाशी नेपाली मंच प्रबाश मा रहेको ठुलो बैचारिक सस्था को समेत नेतृत्व गरेका बरुवाल लाई प्रबाश मा रहेका सबै प्रकार का बैचारिक ,सामाजिक संघ सस्था को सहयोग र समर्थन रहने भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
