- Loading...
वर्षा भइरहेको छ, सतर्क रहन आग्रह
- पुनहिल डट कम
- ३ साल अघि
- २१८ पटक पढिएको
मनसुनी वायुको प्रभावका कारण सोमबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भीषण वर्षाका कारण पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुने तथा नदी‚ खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ।
सोमबार बिहान देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
जारी मिति:२०७८-०५-०७ बिहानः ६:०० बजे
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।