- Loading...
गुगल सर्चको विकल्पमा यसरी लोकप्रिय बन्दैछ डकडकगो
- पुनहिल डट कम
- ३ साल अघि
- २६८ पटक पढिएको

अनलाइनमा मनपरेको कुनै एउटा चिज खोज्यो महिना दिनसम्म त्यससँग सम्बन्धित विज्ञापन देखापर्छ । सबै अवस्थामा तपाईंलाई यस्ता विज्ञापन आइरहेको मन नपर्न सक्छ ।
अधिकांशले प्रयोग गर्ने सर्च इन्जिन हो, गुगल । हाम्रो स्मार्टफोनमा गुगल क्रोम डिफल्ट एपको रुपमा रहने भएका कारण पनि यसको प्रयोग धेरै भएको हो । तर गुगल सर्च एउटा गोपनीयतामैत्री सर्च इन्जिन भने होइन ।
किनभने यसले तपाईंका प्रत्येक अनलाइन गतिविधिलाई रेकर्ड गरेर राख्दछ । गुगलका यी गतिविधिदेखि वाक्क भएर तपाईं कुनै सुरक्षित सर्च इन्जिनको खोजीमा हुनुहुन्छ भने डकडकगो एक राम्रो विकल्प हुन सक्छ ।
\डकडकगोको प्रयोग गरी अनलाइन ट्रयाकिङबाट बच्न सकिन्छ, जसले प्रयोगकर्ताको सर्च हिस्ट्री सम्बन्धी कुनै जानकारी राख्दैन । हुन त अरु पनि थुप्रै प्राइभेट ब्राउजरहरु अनलाइनमा उपलब्ध छन्, जसले प्रयोगकर्तालाई ट्रयाक हुनबाट बचाउँछन् । उदाहरणका लागि ब्रेभ ब्राउजरले एड ट्रयाकर र थर्ड पार्टी कुकिजबाट तपाईंलाई सुरक्षित राख्छ ।
पछिल्ला दिनलाई हेर्ने हो भने डकडकगो ले आफ्नो बारेमा प्रचारप्रसार गरिरहेको छ । र, आफूलाई गुगल सर्चसँगै सफारी र फायरफक्सको प्रतिद्वन्दी भएको दाबी गरेको छ । बेला बेला हुने गम्भीर प्रकृतिका डेटा लिकका घटनाका कारण पनि मानिसहरू आफ्ना व्यक्तिगत सूचनाप्रति सचेत बन्न थालेका छन् । गोपनीयतामा सचेतना बढ्दै जाँदा गुगल सर्चको विकल्पमा प्राइभेस सर्च इन्जिन डकडकगोका प्रयोगकर्ता दिनहुँ बढिरहेका छन् । अनलाइन सर्च हिस्ट्री ट्रयाक नगर्ने हुनाले डकडकगो पछिल्लो एकवर्ष मात्रै पाँच कराेड पटक डाउनलोड भएको छ । टिचपानाबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
