- Loading...
ऋषीतर्पणीमा हिमालमुनी मनसुन यात्रा
- पुनहिल डट कम
- ३ साल अघि
- २११ पटक पढिएको

पहाडी वस्तीभन्दा माथिल्लो र हिमालमुनी फैलिएका घासे मैदानत्रलाई लेकाली क्षेत्र भनिन्छ । हिमाली श्रृखलाको दक्षिणी भागमा पर्ने मनसुन (झरी)को मौषममा लेकाली बुकीपुलहरु असार–भदौसम्म उम्रने, बढ्ने, फक्र्रने र फुल्ने गर्छन ।
मनसुनी मौषममा फुल फुल्दा लेकाली क्षेत्र स्वर्गको टुक्रा झै अलौकिक सुन्दरता देखिन्छ । यो सिजन हिमालको काखमा जंगली फूलहरुको सौन्दर्यको मज्जा लिने उपयुक्त समय हो ।
हरियाली पहाड, तरेली परेका फााटहरु, खेती किसानीमा ब्यस्त कृषकले घन्काउने लोकगीत, बर्षे झरीमा पानीका थोपाको टप्प टप्प मधुर आवाजसँगै पर्यटकिय वस्ती छिचोल्दै लेकाली भू–भागमा पुगेपछि देखिने प्राकृतिक सुन्दरता आफैमा अलौकिक त छदै छ, मनसूनको बेला विभिन्न प्रजातिका जंगली फूलहरुले गर्दा त्यो सुन्दरता निखारिएर प्रस्तुत हुन्छन ।
हरेक धर्म, संस्कृति र परम्पराहरुमा पनि यात्राको प्रचलन हुन्छ । पूर्वीय संस्कृतिमा यात्रा परम्परा तीर्थाटन, देशाटन, भिक्षाटन, धाम यात्रा, मेलापर्व आदी भ्रमण शैली प्रचलनमा छन ।
धार्मिक आस्थासमेत जोडिएको अध्यात्मिक एवं र पर्यापदमार्गको समिश्रण मध्य पर्छन । जनैपूर्णीमा अर्थात ऋषीतर्पणीमा अन्नपूर्ण, हिमाल फेदीको खोप्रा–खयरवारही, धवलागिरी हिमालफेदीको ऋखार वराह, पुनिहल छेउको प्यारी वराह, ढोरपाटन आदी सवै पदमार्ग पदयात्रीको ‘ड्रिम डिस्टिनेसन’ बन्ने गरेको छ ।
मनसुनी यात्राकोलागी उपयुक्त पदमार्ग गन्तब्य हो, खोप्रो–खयर पदमार्ग । खोप्राबाट अन्नपूर्ण, बराह र निलगिरी हिमाललाई नजिकैबाट देख्न सकिन्छ । धौलागिरी हिमालय रेञ्जको पानोरमा भ्यू पनि उस्तै नजिक र आकर्षक देखिन्छ । लेकाली फाँटमा परम्परादेखी खुल्ला रुपमा भिरन्तै शलीमा पालिएका भेडा, चौरी, गाईभैसी गोठहरु थप आर्कषणका विषय हुन ।
खोप्रामा लेकाली फुलहरु फुल्दा मनसुन ट्रेक अझ आकर्षक भएका छन । हिमाल मुनी फैलिएका लेकाली क्षेत्रमा बुकीपुल चित्ताकर्षक भै फुलेका छन । हरेक धर्म, संस्कृति र परम्पराहरुमा पनि यात्राको प्रचलन हुन्छ । धार्मिक आस्था जोडिएको अध्यात्मिक क्षेत्र पनि हो, खयर ताल यात्रा ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
