FLASH NEWS
  • Loading...

नेवारी संस्कृति : बेनीमा सापारू प्रर्दशन

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३४ पटक पढिएको
नेवारी संस्कृति : बेनीमा सापारू प्रर्दशन

बेनी बजारमा मुख्य बसोबास रहेको नेवार जातिको महत्वपूर्ण संस्कृति मध्यका एक सापारू (तयामचा र नागनागिनी) नाच देखाइ मृत अाफन्तलाइ श्रद्धान्जली दिए ।

एक वर्ष भित्र मृत्यु भएका अाफन्तकाे प्रतिमुर्ती बनाइ ऋषी तपर्णाका िदन सापारू अर्थात गाइजात्रा प्रर्दशनी गर्ने नेवार समुदायमा चलन छ । नेवार समुदायले मनाउने बर्खेनाच भित्र सापारू (तयामचा र नागनागिनी) नाच पनि एक हाे ।

श्रावण चतुर्दशीदेखी हरितालिका तीजसम्म मनाईने घण्टाकर्ण पर्व अर्थात गठेमंगलको पहिलो दिन समाजमा दु:ख दिने पात्र घन्टाकर्ण नाम गरेको राक्षसको आकृति बनाई दिनभर चौवाटोमा प्रर्दशन गर्दै साँझ नदीमा लगी बगाउने चलन छ । नेपाली कृषकहरुको मुख्यबाली धानखेती थन्क्याएपछि शुरु हुने यस पर्वलाई बर्खेनाच पनि भनिन्छ ।

भक्तपुरबाट बाग्लुङ्गहुँदै पहाड उक्लेका नेवारहरुले ब्यापार कलासँगै नेवारी संस्कृति र सभ्यतालाई क्षत्री/बाहुनको वस्तीमा अझै जीवित राखेका छन । बेनीका नेवार समुदायले वर्खे नाच अन्तर्गत लाखेनाच, घोडेनाच, गोरुनाच, रोपाईनाच, जोगीनाच, नागनागिनी नाच आदी देखाउने गर्छन ।