FLASH NEWS
  • Loading...

ऋषीतर्पणीमा हिमालमुनी मनसुन यात्रा

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३९ पटक पढिएको
ऋषीतर्पणीमा हिमालमुनी मनसुन यात्रा

पहाडी वस्तीभन्दा माथिल्लो र हिमालमुनी फैलिएका घासे मैदानत्रलाई लेकाली क्षेत्र भनिन्छ । हिमाली श्रृखलाको दक्षिणी भागमा पर्ने मनसुन (झरी)को मौषममा लेकाली बुकीपुलहरु असार–भदौसम्म उम्रने, बढ्ने, फक्र्रने र फुल्ने गर्छन ।
मनसुनी मौषममा फुल फुल्दा लेकाली क्षेत्र स्वर्गको टुक्रा झै अलौकिक सुन्दरता देखिन्छ । यो सिजन हिमालको काखमा जंगली फूलहरुको सौन्दर्यको मज्जा लिने उपयुक्त समय हो ।


हरियाली पहाड, तरेली परेका फााटहरु, खेती किसानीमा ब्यस्त कृषकले घन्काउने लोकगीत, बर्षे झरीमा पानीका थोपाको टप्प टप्प मधुर आवाजसँगै पर्यटकिय वस्ती छिचोल्दै लेकाली भू–भागमा पुगेपछि देखिने प्राकृतिक सुन्दरता आफैमा अलौकिक त छदै छ, मनसूनको बेला विभिन्न प्रजातिका जंगली फूलहरुले गर्दा त्यो सुन्दरता निखारिएर प्रस्तुत हुन्छन ।
हरेक धर्म, संस्कृति र परम्पराहरुमा पनि यात्राको प्रचलन हुन्छ । पूर्वीय संस्कृतिमा यात्रा परम्परा तीर्थाटन, देशाटन, भिक्षाटन, धाम यात्रा, मेलापर्व आदी भ्रमण शैली प्रचलनमा छन ।


धार्मिक आस्थासमेत जोडिएको अध्यात्मिक एवं र पर्यापदमार्गको समिश्रण मध्य पर्छन । जनैपूर्णीमा अर्थात ऋषीतर्पणीमा  अन्नपूर्ण, हिमाल फेदीको खोप्रा–खयरवारही, धवलागिरी हिमालफेदीको ऋखार वराह, पुनिहल छेउको प्यारी वराह, ढोरपाटन आदी सवै पदमार्ग पदयात्रीको ‘ड्रिम डिस्टिनेसन’ बन्ने गरेको छ ।


मनसुनी यात्राकोलागी उपयुक्त पदमार्ग गन्तब्य हो, खोप्रो–खयर पदमार्ग । खोप्राबाट अन्नपूर्ण, बराह र निलगिरी हिमाललाई नजिकैबाट देख्न सकिन्छ । धौलागिरी हिमालय रेञ्जको पानोरमा भ्यू पनि उस्तै नजिक र आकर्षक देखिन्छ । लेकाली फाँटमा परम्परादेखी खुल्ला रुपमा भिरन्तै शलीमा पालिएका भेडा, चौरी, गाईभैसी गोठहरु थप आर्कषणका विषय हुन ।


खोप्रामा लेकाली फुलहरु फुल्दा मनसुन ट्रेक अझ आकर्षक भएका छन । हिमाल मुनी फैलिएका लेकाली क्षेत्रमा बुकीपुल चित्ताकर्षक भै फुलेका छन । हरेक धर्म, संस्कृति र परम्पराहरुमा पनि यात्राको प्रचलन हुन्छ । धार्मिक आस्था जोडिएको अध्यात्मिक क्षेत्र पनि हो, खयर ताल यात्रा ।