- Loading...
कोरोना महामारी विच मेलाजात्राको रौनक
- पुनहिल डट कम
- ३ साल अघि
- २३९ पटक पढिएको

कोरोना संक्रमणको तेस्रो लहर फैलन सक्ने भन्दै श्वास्थयकर्मी र सरकारले सचेत गराईरहदा बेनी नगरपालिका, १० वाखेतमा भने हरेलो मेलाको रौनक छाएको छ ।
म्याग्दीमा पनि कोरोना संक्रमण दिन दिनै बढ्दै गैरहेको वेला जिल्ला कोरोना ब्यवस्थापन समितिले स्मार्ट लकडाउनको अवधारणामा छलफल गरिरहेको भन्दै गर्दा प्रहरीप्रशासनको पूर्वजानकारी मै वाखेतमा हरेलो मेला सुरु गरिएको श्रोतले जनाएको छ ।
श्रोतका अनुसार हरेलो मेला लगाउनु अघि वाखेतका युवाहरु स्थानीय काग्रेस नेता लिएर अनुमति माग्न सुरक्षा अधिकारी भेट्न गएका थिए । ति नेताले केटाहरु मेला लगाउने भन्छन, कसो गरौं भन्दै अनुमति मागेका थिए । उत्तरमा सुरक्षा अधिकारीले हामीले थाहा नपाउने गरी मेला लगाउन सकिने सल्लाह दिएपछि हरेलो मेला आयोजना गरिएको विश्वस्त श्रोतले जनायो ।
वाखेतको हरेलो मेलामा स्थानीय मात्र होईन, बेनी नगरपालिका, ३ भकिम्लीसम्मका खेलाडी सहभागी हुन गएको भकिम्लीका एक युवाले बताए ।
प्रजिअ, प्रहरी प्रमुख समेत सुरक्षा अधिकारीहरु समेत सम्मिलित टोलीले तपाईको मास्क खै भन्दै सदरमुकामको सडकमा हिंडेर कोरोना संक्रमण रोकथाममा सक्रिय अभियान संञ्चालन गरेको देखिएपनि कोरोना संक्रमणको रेडजोनमा रहेको बेनी नगरपालिका भित्रै मेलाजात्रा भैरहनुलाई भने सामाजिक दुरी समेत स्वास्थ्य मापदण्डलाई खिल्ली उडाएको छ ।
धार्मिक गतिविधी समेत धेरै मान्छे जम्मा हुने कार्यक्रम रोक्न एक जुट रहेको जिल्लाको सुरक्षा संयन्त्र विच वाखेलको हरेलो मेला संञ्चालन अनुमति दिंदा भने विभाजन रहेको पनि श्रोतले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
