FLASH NEWS
  • Loading...

म्याग्दीमा एन्टीजिन किटबाट पाँच हजारबढी परिक्षण

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९६ पटक पढिएको
म्याग्दीमा एन्टीजिन किटबाट पाँच हजारबढी परिक्षण

जिल्लामा भित्रिएको किटमध्य कोरोना संक्रमण आशंका गरिएका विरामीमध्य ५ हजार ३ सय ६९ जनालाई एन्टीजिन विधीबाट परिक्षण गरिएको थियो ।
स्वास्थ्य कार्यालयका अभिलेख अनुसार आव ०७७/०७८ मा जिल्लामा आएका एन्टीजिन कीट ८ हजार ३ सय ७५ वटा मध्य ३ हजार ६ थान कीट मौजाद रहेको छ । मौजात एन्टीजिन किटको उपभोग मिती सन २०२३ सम्म रहेको कार्यालयका सुनचा अधिकारी गणेश सुवेदीले बताए ।
कार्यालयका सूचना अधिकारी सुवेदीका अनुसार जिल्लामा प्राप्त एन्टीजिन कीटमध्य अन्नपूर्ण गापामा १ हजार ५ सय ५०, रघुगंगामा १ हजार २ सय, बेनी नगरपालिकामा ८ सय, मंगला गापामा ८ सय, मालिका गापामा १ हजार १ सय ५० र धवलागिरी गापामा १ हजार २ सय ७५ वटा किट पठाइएको थियो ।
यीमध्य जिल्ला स्वास्थ्य कार्यालयमा १ हजार ६ सय वटा र पाँच वटा गाउँपालिकामागरी १ हजार ४ सय ६ वटा एन्टीजिन किट मौजाद रहेको छ ।