- Loading...
कक्षा १२ को परीक्षा छिटो संचालन गर्न सरकारलाई निर्देशन
- पुनहिल डट कम
- ३ साल अघि
- १५० पटक पढिएको

प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा अझै संचालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन्।
संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा बोल्दै समितिका सदस्यहरुले दुई÷दुई पटक कक्षा १२ को परीक्षा स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका हुन्। सांसद जयपुरी घर्तीमगरले बिना विकल्प कक्षा १४ को परीक्षा स्थगित गरेर सरकारले गम्भीर गल्ती गरेको बताइन्।
समितिको सभापतिसमेत रहेकी उनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरेर कक्षा १२ को परीक्षा संचालन गर्न समितिले दिएको निर्देशन किन पालना नगरेको ? भनि सरकारलाई प्रश्नसमेत गरिन्।
समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले कक्षा १२ को परीक्षा पटकपटक रोक्ने काम नगर्न सरकारलाई सचेत गराए। उनले विद्यार्थीलाई आतंकित पार्नेगरी कक्षा १२ को परीक्षा स्थगित गराउन कोरोना रोकथाम तथा संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले भूमिका खेलेको भन्दै आक्रोश समेत व्यक्त गरे।
कोरोनाको समयमा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर भए पनि परीक्षा संचालन गर्नुपर्नेमा सांसद विश्वकर्माको जोड छ। समितिका अर्का सदस्य एवं पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चाँडोभन्दा चाँडो कक्षा १२ को परीक्षा संचालन गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै निकायको गम्भीर ध्यानाकर्षण गराए।
उनले परीक्षा संचालनका लागि विद्यार्थीलाई तत्काल आवश्यक कोरोना खोपको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत पनि गराए। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले सिसिएमसीले दिएको निर्देशनका कारण कक्षा १२ को परीक्षा स्थगित गर्नु परेको स्पष्टीकरण दिए।
उनले आफूहरु चरणवद्ध रुपमा भए पनि कक्षा १२ को परीक्षा संचालन गर्न तयार रहे पनि कोरोनाका कारण त्यसबाट पछि हट्ने परिस्थिति आएको बताए। प्रवक्ता शर्माले कोरोना संकटकै कारण सिसिएमसीले आफूहरुलाई परीक्षा संचालन गर्ने अनुमति दिन नसकेको पनि समितिलाई जानकारी गराए।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
