- Loading...
माधव र महन्थको दल दर्ता नहुने, अर्को नाम प्रस्ताव गर्न आयोगको आग्रह
- पुनहिल डट कम
- ३ साल अघि
- १७७ पटक पढिएको

नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टी लोकतान्त्रिक नामको दल दर्ता नहुने भएको छ ।
अध्यक्ष केपी ओलीसँग विवाद बढेपछि नेकपा एमालेमा वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजन गर्दै नेकपा एमाले समाजवादी नाम राख्न गरेको प्रस्ताव निर्वाचन आयोगबाट अस्वीकृत भएको हो ।
ती दुई नाममा दल दर्ता गरिपाउँ भन्दै नेता नेपाल र ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा निवेदन दिए पनि आयोगले ती नाममा निर्णय दिन नसक्ने जानकारी सम्बन्धित दलहरुलाई दिइसकेको छ । आयोगमा यसअघि नै दर्ता कायम भएका दलसँग जुध्ने गरी वा कोष्ठक भित्र अर्को पुच्छर झुण्ड्याएर पनि नयाँ दल दर्ता गर्न नपाइने आदेश सर्वोच्च अदालतबाट भएकाले एमाले समाजवादी र जसपा लोकतान्त्रिकको नाममा दल दर्ता हुन नसक्ने भएको हो ।
सरकारले ल्याएको नयाँ अध्यादेशअनुसारको नियमावली बिहीबार राजपत्रमा निस्कनेबित्तिकै दुबै दलका नेताहरुलाई सम्पर्क गरेर आयोगले अलग्गै नाम लिएर आउन तथा नियमावलीमा माग भएबमोजिमको अनुसूची विवरण पेश गर्न भनिएको छ ।
अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट
राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट निवेदन पेस भएका छन् । सरकारले हालै जारी गरेको राजनीतिक दल सम्बन्धी ऐन,२०७३ लाई तत्काल संशोधन गर्न बनेको अध्यादेशविरुद्ध बिहीबार बिहानसम्म ५ वटा रिट निवेदन पेस भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
अध्यादेशविरुद्ध पेस भएका रिट निवेदन एकै पटक दर्ता गर्ने तयारी छ । प्रधानमन्त्री शेरबहादुरको देउवाको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदले दल फुटाउन सक्ने व्यवस्था गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
