- Loading...
मोना कतारले मावि स्तरीय अनलाईन वक्तृत्वकला आयोजना गर्ने
- पुनहिल डट कम
- ३ साल अघि
- २६९ पटक पढिएको

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले जिल्लामा अन्तर मावि स्तरीय अनलाईन वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कोरोनाका कारण अनलाइन माध्यमबाट भदौ ५ देखी १४ गतेसम्म चार चरणमा ‘कोरोना महामारी र यसले सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा पारेको असर / प्रभाव र विकल्पहरू’ शीर्षकमा जिल्ला स्तरीय अन्तर मा.बि. प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक थमकुमार गिरीले बताए ।
कार्यक्रम
मोना कतारका महासचिव अजय कुँवरका अनुसार पहिलो चरणमा “कोरोना महामारी, यसले विभिन्न क्षेत्रमा पारेका प्रभाव र निराकरणका उपाय” का बारेमा ५ मिनेट नबढाइ असम्पादित र मोबाइलबाट तेर्सो (ल्याण्डस्केप) गरी खिचिएको भिडियो भदौ १४ गते साँझ ५ बजेभित्र आयोजकले उपलब्ध गराएको गुगल फर्म या इमेलमा पठाउन सहभागीलाई अनुरोध गरेको छ
कार्यक्रम तालिका पहिलो चरण -भदौ ५ गते देखि भदौ १४ गते साँझ ५ बजे सम्म पहिलो चरणको भिडियो पठाउनु पर्नेछ । भदौ १७ गते साँझ ५ बजे युट्युबमा भिडियो अपलोड गरीने । भदौ २० गते नतिजा सार्वजनिक गरीनेछ । सार्वजनिक नतिजा इमेल मार्फत दोस्रो चरणमा प्रवेश गर्नेहरुलाई मात्र पठाईने छ । (साथमा दोस्रो चरणको शीर्षक पनी समावेश गरीनेछ )
दोस्रो चरण भदौ २० गते देखि २५ गते साँझ ५ बजे सम्म पुन तोकिएको शीर्षकमा भिडियो पठाउनु पर्नेछ । भदौ २७ गते साँझ ५ बजे भिडियो युट्युबमा अपलोड गरिनेछ । -भदौ ३० गते- साँझ ५ बजे लिखित नतिजा सार्वजनिक गरिनेछ र तेस्रो चरणमा प्रवेश गर्नेहरूलाई नतिजा सहित अर्को चरणको शीर्षक इमेल मार्फत पठाइनेछ । तेस्रो चरण -भदौ ३० गते देखि असोज ३ गते- साँझ ५ बजे सम्म भिडियो पठाई सक्नु पर्नेछ । -असोज ५ गते – साँझ ५ बजे भिडियो अपलोड गरिनेछ । -असोज ८ गते – लिखित नतिजा सार्वजनिक गर्दै उत्कृष्ट ५ सहभागीको नामावली सार्वजनिक गर्दै इमेल द्वारा जानकारी गराइनेछ ।
अन्तिम चरण -असोज २३- अन्तिम प्रतिस्पर्धा भौतिक रुपमा सदरमुकाम बेनीमा हुनेछ । स्थान, समय र शीर्षक सहित ईमेलद्घारा ३ दिन पहिले जानकारी गराईनेछ । -असोज २४- सहभागीको भिडियो २४ गते साँझ ५ बजे युट्युबमा अपलोड गरीनेछ । -सामाजिक सञ्जालको प्रतिक्रिया समेत अध्ययन गरी २६ गते साँझ ५ बजे भित्र नतिजा बन्द गर्दै सूचना जारी गरीनेछ । पुरुस्कार बितरण तथा सम्मान कार्यक्रम मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको उद्घाटनको दिन अर्थात कार्तिक ०२ गते कार्यक्रम स्थलबाट बिजयी घोषणा गर्दै सम्मान तथा पुरस्कार वितरण गरीनेछ ।
नियमहरू :
क- प्रतियोगिता म्याग्दी जिल्ला स्तरीय अन्तर मावि वक्तृत्वकला हुनेछ । प्रतियोगिताको पहिलो शिर्षक कोरोना महामारी, यसले विभिन्न क्षेत्रमा पारेका प्रभाव र निराकरणका उपायका बारेमा रहनेछ l अन्य चरण को लागि आयोजक ले नतिजा सँगै पठाउने छ l
ख- प्रत्येक चरणको फरक फरक शीर्षकमा प्रतियोगिता सञ्चालन गरिनेछ
ग- प्रत्येक विद्यालयले बढीमा १ जना छात्र र १ जना छात्रा गरी २ जना सहभागीहरू छनोट गरी पठाउनु पर्नेछ l विद्यालयले नाम, ठेगाना, उमेर र कक्षा प्रमाणित गरेर पठाएका विद्यार्थीहरू मात्र सहभागी प्रतिष्पर्धीको रुपमा प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
घ- सहभागिताको लागि उमेरको कुनै हदबन्दी रहने छैन भने कुनै शुल्क तिर्नु पर्ने छैन ।
ङ- सहभागिताको लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (MONA ) कतारले एक गुगल फारम तयारी पारि गुगल लिंक म्याग्दी जिल्लास्थित सम्पूर्ण माविहरूमा पठाउनेछ । विद्यार्थीहरूले उक्त फारमको लिंक क्लिक गरी रीत पूर्वक भिडियो लगाएत अन्य लिंक ले मागेको कुरा अपलोड गरी अन्तिममा सबमिट गर्नुपर्ने छ l
उक्त भिडियो प्रतियोगिता मा सहभागी भए नभएको जानकारी २४ घन्टा भित्रमा जानकारी पठाइने छ । प्रतियोगितालाई चार चरणमा विभाजन गरी सञ्चालन गरिनेछ । पहिलो चरणमा सहाभागीहरुले तोकिएको शीर्षकमा कुनै किसिमले सम्पादन नगरिएको भिडियो मोना कतारले तोकेको गुगल फारममा अपलोड गर्नु पर्नेछ ।
उत्कृष्ट ५०%लाई द्रोश्रो चरणको लागि सहभागी छनौट गरिने छ । अपलोड गर्न असमर्थ भएमा मोना कतारको आधिकारिक इमेलमा समेत पठाउन सकिनेछ l -दोस्रो चरणमा पुग्न सफल सहभागीहरू लाई पुन नयाँ शीर्षक इमेल मार्फत उपलब्ध गराइनेछ र भिडियो पहिलो चरणमा झैँ गरि पठाउनु पर्नेछ l -तेस्रो चरणमा पुग्न सफल सहभागीहरू लाइ नतिजा सहित शीर्षक इमेल मार्फत पठाइनेछ । र तोकिएको समय सीमा भित्र पहिलो तथा दोस्रो चरणमा झैँ भिडियो पठाउनु पर्नेछ l -चौथो तथा अन्तिम प्रत्यक्ष सहभागीतामा गराइनेछ l स्थान, समय र शीर्षक सहित ईमेलद्घारा ३ दिन पहिले जानकारी गराईनेछ ।
प्रतियोगीहरूले बढीमा ५ मिनेट भित्र आफ्ना भनाइहरूँ राखि सक्नुपर्नेछ । ५ मिनेट भन्दा बढी समय लिएमा प्रति १० सेकेन्डको १/१ नम्बरका दरले प्राप्ताङ्कबाट नम्बर काटिनेछ । -प्रतियोगिता विशुद्ध नेपाली भाषामा सञ्चालन गरिने भएकोले अन्य भाषाको प्रयोग भएको प्रस्तुतिको नम्बर काटिनेछ ।
भिडियो रेकर्ड गर्दा क्यामेरा बाहेक दायाँबायाँ तल माथि कहीँ हेरेमा वा कहीँ पढेको या साभार गरिएको जस्तो देखिएमा निणायकले नम्बर काट्न सक्ने आयोजक मोना कतारले जनाएको छ l
पुरस्कार
प्रथम पुरस्कार – रु. २०,००० /- र प्रमाण पत्र
द्वितीय पुरस्कार – रु. १५,००० /- र प्रमाण पत्र
तृतीय पुरस्कार – रु १०,०००/- र प्रमाण पत्र
सान्त्वना पुरस्कार – २ जनालाई जनही ५०००/- र प्रमाण पत्र
द्रष्टव्य : उत्कृष्ट ५ प्रतिस्पर्धीहरुलाई सदरमुकाम आउन जानको लागि दुरी अनुसारको बाटो खर्च सहित सदरमुकाममा खान बस्नको व्यवस्था गरिने मोना कतारले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
